Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    बुईपा स्वास्थ्यचौकीमा निःशुल्क सुरक्षित गर्भपतन सेवा

    बुईपा स्वास्थ्यचौकीमा निःशुल्क सुरक्षित गर्भपतन सेवा


    • बिहिवार, आश्विन २९ २०७७

    • नेपाल वाइड


    बुईपा स्वास्थ्यचौकीमा निःशुल्क सुरक्षित गर्भपतन सेवा

    निःशुल्क सुरक्षित गर्भपतन सेवाको उद्धघाटन गर्दै मेयर दिपनारायण रिजाल

           खोटाङ । असोज २९, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपास्थित स्वास्थ्यचौकीमा निःशुल्क सुरक्षित गर्भपतन सेवा सुरु गरिएको छ । अनिच्छाकाबिचमा बसेका गर्भपतनका लागि स्वास्थ्यचौकी बुईपामा बिहिबारदेखि निःशुल्क सुरक्षित गर्भपतन सेवा सुरु गरिएको हो ।

            औपचारिक कार्यक्रमकाबिच दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले सुरक्षित गर्भपतन सेवा उद्घाटन गरेका छन् । ९ हप्तासम्मको गर्भ पूर्ण गोपनीयताका साथ निःशुल्क र सुरक्षितसाथ पतन गर्नेगरी सेवा सुरु गरिएको बुईपाका वडाध्यक्ष दिनेश राईले बताए ।

           जनस्वास्थ्य बिभागबाट गर्भपतन गराउने लाइसेन्स लिएर तथा सो सम्वन्धी तालिम प्राप्त नर्सको व्यवस्था गरेर स्वास्थ्यचौकीमा निःशुल्क गर्भपतन सेवा सुरु गरिएको हो । जिल्लाका कतिपय क्लिनिकमा महंगो शुल्क तिरेर जोखिम मोलेर गर्भपतन गर्नुपर्ने वाध्यतालाई मध्यनजर गर्दै स्वास्थ्यचौकीमा निःशुल्क गर्भपतन सेवाको व्यवस्था गरिएको वडाध्यक्ष राईले बताए ।

            यसअघि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडा स्वास्थ्यचौकीमा पनि निःशुल्क गर्भपतन सेवा सुरु गरिएको थियो । तर, हाल जनशक्ती अभावका कारण निर्मलीडाँडामा गर्भपतन सेवा अवरुद्ध छ । निर्मलीडाँडामा आवश्यक जनशक्ती जुटाएर पुःन निःशुल्क गर्भपतन सेवा सुचारु गराइने मेयर रिजालले बताए । 

    सम्बन्धित समाचार