Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    जबरजस्ती करणी मुद्धा प्रहरीमा, पैसामा मिलाउने प्रयास गाउँमा

    जबरजस्ती करणी मुद्धा प्रहरीमा, पैसामा मिलाउने प्रयास गाउँमा


    • बुधवार, आश्विन २८ २०७७

    • नेपाल वाइड


    जबरजस्ती करणी मुद्धा प्रहरीमा, पैसामा मिलाउने प्रयास गाउँमा

                           सांकेतिक तस्बिर
             खोटाङ । असोज २८, खोटाङको ऐसेलुखर्क गाउँपालिकामा जबरजस्ती करणीका घट्नालाई आर्थिक लेनदेनमा मिलाउने खेल भएको खुलेको छ । १६ वर्षीय किशोरीमाथि भएको करणीका घट्नालाई आर्थिक लेनदेनमा गाउँमै मिलाउने प्रयास भएको खुलेको हो । जिल्ला प्रहरी कार्यालय खोटाङमा जाहेरी परेको घट्नालाई लेनदेनमा मिलाउने खेलमा ऐसेलुखर्क गाउँपालिका–२ बाकाचोलका वडासदस्य जयकुमार तामाङ र युवा निरकाजी तामाङको नाम जोडिएको छ ।

           स्वयं बाकाचोलका वडाध्यक्ष सन्तबिर तामाङले मंगलबार विज्ञाप्ती नै जारी गरेर जबरजस्ती करणीका घट्नालाई आर्थिक लेनदेनमा गाउँमै मिलाउनमा आफ्नै वडासदस्य तामाङको संलग्नता रहेको दाबी गरेका छन् । ‘जबरजस्ती करणीका घट्नालाई मिलाइदिने भन्दै पैसाको लेनदेनको फोन रेकर्ड बाहिरिएको घट्नामा हाम्रो ध्यानाकर्षण भएको छ ।

            अझ वडासदस्यकै नाम जोडिनु झनै दुःखद छ,’ विज्ञाप्तीमा भनिएको छ, ‘जनप्रतिनिधि नै जवरजस्ती करणीजस्तो निकृष्ट घटनामा दोषीलाई कारबाही गरी पिडितलाई न्यायको आभाष गराउनतर्फ लाग्नु पर्नेमा उल्टै घटनामा संलग्न दोषीसँग पैसाको मोलमोलाई गरी पिडितलाई झन पिडा दिनेतर्फ लाग्नु खेदजनक छ ।’ पिडक भनिएका युवासँग गरिएको ५ मिनेट र १४ मिनेटको दुई वटा फोन सम्बादको अडियोमा घट्नालाई गाउँमै मिलाउन दुई लाख व्यवस्था गर्न प्रस्ताव गरिएको छ ।

             गत भदौ १२ गते जबरजस्ती करणी गरिएको भन्दै पिडकविरुद्ध असोज २ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी परेको थियो । यसैबीचमा गाउँमा घट्नालाई पैसामा मिलाउनका लागि कसरत भएको स्थानीय बताउँछन् । गाउँमा जबरजस्ती करणीका घट्नालाई मिलाउने प्रयासको चर्चा भइरहँदा जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नारायणप्रसाद चिमोरियाले भने पिडकविरुद्ध मृद्धा दर्ता गरेर अनुसन्धान प्रकृया सुरु गरिसकिएको बताएका छन् ।

           प्रहरीमा जाहेरी परेपछि आरोपित युवा फरार छन् । उनले पटक–पटक किशोरीमाथि जवरजस्ती गरेको जाहेरी परेको प्रहरीले जनाएको छ । आरोपित फरार भएपछि उनका बुवाले खोजीका लागि वडाकार्यालयमा निवेदन दिएको वडाध्यक्ष तामाङले बताएका छन् ।
    गत असोज २३ गते वडा कार्यालयमा बोलाइएको पिडित र पिडकपक्षको भेलामा पिडक युवाका बुबाले घट्नालाई लेनदेनमा मिलाउनका लागि रकम व्यवस्था गर्न वडासदस्यले भनेको विज्ञाप्तीमा दावी गरिएको छ ।

         वडासदस्य तामाङले भने जबरजस्ती करणीका घट्नालाई मिलाउनमा आफ्नो संलग्नता नरहेको बताएका छन् । वरु पिडितको न्यायकालागि ईलाका प्रहरी कार्यालय ऐसेलुखर्कसम्म पिडितलाई पुर्‍याउन सहयोग गरेको बताए । ‘पिडितले न्याय पाउनु पर्छ भनेर पिडितलाई जाहेरी दिनका लागि ईलाका प्रहरी कार्यालय ऐसेलुखर्कसम्म पुर्‍याउने मै हुँ । गाउँमा मिलाइदिन पर्छ भनेर माग आउँदा अस्वीकार गरेँ,’ वडासदस्य तामाङले भने, ‘म माथि झुटो आरोप लगाइएको छ । पुरानो रिसइवि साँधेर मेरो बदनाम गर्ने प्रयास भएको छ ।’

          श्रोतका अनुशार निरकाजीले पैसामा घट्ना मिलाउनका लागि आरोपित युवासँग फोनमा कुराकानी गरेका हुन् । सो कुराकानीमा घट्नालाई मिलाउनका लागि पिडितलाई दुई लाख दिने र अपुग भए पछि दिनेगरी कुरा मिलाउने भनिएको छ । यद्यपी सो सम्वादमा वडासदस्य तामाङको नाम जोडेको पाइएको छैन ।

           वडाध्यक्ष सन्तबीर र वडासदस्य जयकुमार कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुन् । तर उनीहरुबिच विगतदेखि नै आन्तरिक द्धन्द्ध छ । अध्यक्ष र वडासदस्यको त्यही द्धन्द्धको झल्को जबरजस्ती करणीको घट्नामा झल्किएको कतिपयको बुझाई छ ।

    सम्बन्धित समाचार