Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    ‘तीन तहका सरकारबीच पर्याप्त समन्वय भएन’

    ‘तीन तहका सरकारबीच पर्याप्त समन्वय भएन’


    • मंगलवार, आश्विन २७ २०७७

    • नेपाल वाइड


    ‘तीन तहका सरकारबीच पर्याप्त समन्वय भएन’

           काठमाडौं । संघीय सरकार र प्रदेश सरकारले स्थानीय तहसँग पर्याप्त समन्वय नगरेको मंगलबार यहाँ आयोजित कार्यक्रमका वक्ताले बताएका छन् । गाउँपालिका राष्ट्रिय महासङ्घले आयोजना गरेको ‘भर्चुअल पत्रकार सम्मेलन’ मा महासंघका पदाधिकारीले संविधानमा संघ, प्रदेश र स्थानीय तहबीचको समन्वय, सहकार्य र सहअस्तित्व हुने उल्लेख भए पनि समन्वय कम भएको भन्दै त्यसलाई बढाउनुपर्नेमा जोड दिए । 

           महासंघका अध्यक्ष होमनारायण श्रेष्ठले कोभिड–१९ नियन्त्रणका लागि बजेट सङ्घीय सरकारसँग भए पनि उसले स्थानीय सरकारसँगको समन्वयमा थोरै स्थानमा मात्रै क्वारेन्टिन निर्माण गरेको बताए । उनले भने, “गाउँपालिका आफैँले यसको नियन्त्रणका लागि सकेसम्मका काम गरिरहेका छन् ।” 

          संविधानअनुसार गाउँपालिकामा विभिन्न किसिमका अधिकार पाएपछि यसले कम स्थानीय स्तरका लगानीमा धेरै परिणाम दिएको अध्यक्ष श्रेष्ठले बताए । अझै पनि धेरै गाउँपालिकाको केन्द्रमा सडक नपुगेको र पुगेका पालिकाहरुमा पनि माटे सडक भएकाले केन्द्रसम्म कालोपत्रे सडक पुर्‍याउने कार्यक्रम अघि बढाउनुपर्नेमा उनको जोड छ । उनले भने, “यसका लागि सङ्घले बजेट पनि छुट्टाएको छ ।”

           महासंघका महासचिव वंशीलाल तामाङले अझै पनि एक तिहाइ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा कार्यसम्पादनमा समस्या परेको बताए । 

          उनका अनुसार संघीय सरकारले प्रमुख पठाएका स्थानमा पनि भर्खर बढुवा भएका वा यसअघि विकासे अड्डामा काम गरेको अनुभव नभएका व्यक्ति छन् । विकासका लागि राजनीति गरे पनि विकासमा राजनीति गर्न नहुने उनको धारणा छ ।  रासस

    सम्बन्धित समाचार