मंगलवार, आश्विन २७ २०७७
नेपाल वाइड
बुटवल । लुम्बिनी प्रदेशकी उभामुखसहित सचिवालयका ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार साँझ आएको स्वाब परीक्षणको नतिजामा उपसभामुख कृष्णी थारु, सचिव, लेखा अधिकृत, स्वास्थ्य निरीक्षक लगायत ३५ जनामा कोरोना संक्रमण देखिएको हो ।
जसमा मर्यादापालक ८ र सुरक्षाकर्मी ७ जना रहेका स्वास्थ्य निरीक्षक डिलाराम भुसालले जानकारी दिए । सभामुख पूर्णबहादुर घर्तीमा कोरोना संक्रमण देखिएपछि आइतबार सचिवालयमा कार्यरत ९५ जनाको स्वाब संकलन गरी परीक्षणमा पठाइएको थियो ।
त्यसमध्ये १० जनाको नतिजा आउन बाँकी छ । उपसभामुख थारुले आफ्नो कार्यालय सहयोगीमा संक्रमण देखिएपछि भैरहवास्थित निवासको आइसोलेसनमा बसेको बताइन् ।