Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    सार्वजनिक सवारीको सबै सिटमा यात्रु बोक्न पाईने

    सार्वजनिक सवारीको सबै सिटमा यात्रु बोक्न पाईने


    • मंगलवार, आश्विन २७ २०७७

    • नेपाल वाइड


    सार्वजनिक सवारीको सबै सिटमा यात्रु बोक्न पाईने

            सार्वजनिक सवारीमा अब सबै सिटमा यात्रु राखेर चलाउन पाउने भएका छन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले बढीमा आधा सिट क्षमतामा चलाउनुपर्ने पहिलेको निर्णय उल्टाउदै अब सबै सिटमा यात्रु चढाउन पाउने निर्णय गरेको हो ।

           सरकारले सार्वजनिक यातायात सञ्चालन गर्न दिएसँगै एक लहरमा एक जना मात्र राख्नुपर्ने र भाडा बढाएर ५० प्रतिशत लिन दिने निर्णय गरेको थियो । अन्तरिक हवाई उडानमा पनि सोही बमोजिम गर्न भनिएको पनि हवाई सेवा प्रदायक कम्पनीहरुले भने नागरिक उड्डयन मन्त्रालयसँग समझदारी गरेर सबै सिटमा यात्रु बोक्दै आएका छन् ।

         अब दशैंको समयमा सार्वजनिक यातायातमा पनि सामाजिक सुरक्षाका मापदण्ड अपनाएर पुरा क्षमतामा यात्रु राखेर चलाउन पाउनेछन भने भाडा पुरानै दरमा लिनुपर्ने निर्णय भएको छ ।

    सम्बन्धित समाचार