सोमवार, आश्विन २६ २०७७
नेपाल वाइड
बाँके । बाँकेको खजुरा गाउँपालिकास्थित रनियापुरबाट गाईको मासुसहित आज तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा खजुरा गाउँपालिका–८ रनियापुर चमकदारपुरका ४५ वर्षीय चुन्नी खाँ, ५० वर्षीय सब्बीर खाँ र ३४ वर्षीय अब्दुल आशिक खाँ रहेको इलाका प्रहरी कार्यालय धनौलीले जनाएको छ ।
उनीहरुलाई सात किलो गाईको मासु, हड्डी र छालासहित पक्राउ गरिएको बाँकेका प्रहरी प्रमुख एंव प्रहरी उपरीक्षक ओमबहादुर रानाले बताए । अस्फाक खाँको खेतबारीमा गाई काटिरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उक्त परिणामको गाईको मासुसहित उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।
घटना बारे थप अनुसन्धान र छानबिन भइरहेको प्रहरी उपरीक्षक रानाले बताए । रासस