Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    पत्रकारहरुको समस्या समाधानको माग गर्दै लालटिन बालेर प्रदर्शन

    पत्रकारहरुको समस्या समाधानको माग गर्दै लालटिन बालेर प्रदर्शन


    • आइतवार, आश्विन २५ २०७७

    • नेपाल वाइड


    पत्रकारहरुको समस्या समाधानको माग गर्दै लालटिन बालेर प्रदर्शन

             काठमाडौं । कोरोना महामारीको यस विषम परिस्थितिमा विभिन्न बाहानामा पत्रकारहरुलाई जागिरबाट निकाल्ने, समयमा तलब नदिने र बेतलबी विदामा राखेर दुःख दिएको भन्दै नेपाल पत्रकार महासंघले सूचना तथा प्रशारण विभागमा प्रदर्शन गरेको छ । नेपाल पत्रकार महासंघको नेतृत्वमा विभिन्न सञ्चारमाध्यमका पीडित पत्रकाहरुले लालटिन बालेर विभाग अगाडि प्रदर्शन गरेका हुन । 

         पत्रकारको हक हितका लागि सरकारले समेत आफ्नो दायित्व निर्वाह नगरेको नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले बताए ।सरकारलाई दबाव दिन विभाग अगाडी लालटिन बाँधेर प्रदर्शन गरिएको उनले बताए ।

          लकडाउनपछि पत्रकारलाई जागिरबाट निकाल्ने, बेतलबी विदामा राख्ने, अनेक किसिमका दुःख दिने क्रियाकलाप गरेको भन्दै महासंघले प्रदर्शन गरेको महासचिव विष्टले बताए । सञ्चारमाध्यमहरुले समस्या समाधानका लागि तदारुकता नदेखाए थप दबाव सिर्जना गर्न अवरोध गर्ने सम्मका कार्यक्रम गर्न महासंघ बाध्य हुने उनले चेतावनी दिए ।

     

    सम्बन्धित समाचार