Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    अरिंगालको टोकाईबाट खोटाङमा एकको मृत्यु

    अरिंगालको टोकाईबाट खोटाङमा एकको मृत्यु


    • आइतवार, आश्विन २५ २०७७

    • नेपाल वाइड


    अरिंगालको टोकाईबाट खोटाङमा एकको मृत्यु

             खोटाङ । असोज २५, अरिंगालको टोकाईबाट खोटाङमा एकको मृत्यु भएको छ । बिच्किएको अरिंगालको टोकाईबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका २९ वर्षीय उत्तम भनिने पातलसिं राईको मृत्यु भएको हो ।

           शनिबार अरिंगालले टोकेका राईको आईतबार उपचारकोक्रममा जिल्ला अस्पताल दिक्तेलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरिक्षक गोबिन्द शाहले बताए ।

          राईलाई घाँस काट्न गएको अवस्थामा बिच्किएको अरिंगालले शरीरका विभिन्न ठाउँमा टोकेको थियो । घाँस काट्न गएका आफन्तले उनलाई अरिंगालले टोकेर गम्भीर घाईते बनाएको अवस्थामा जंगलमा फेला पारेका थिए ।

         उनी घाँस काट्न एक्लै खोलामा पुगेका थिए । उपचारका लागि आइतबार बिहान अस्पताल पु¥याएको केही समयपछि नै पातलसिंको मृत्यु भएको आफन्त एबं पुर्वसभाषद दुर्गाजयन्ती राईले बताईन् ।

    सम्बन्धित समाचार