शनिवार, आश्विन २४ २०७७
नेपाल वाइड
काठमाडौं । कोरोना भाइरसको संक्रमण भएकी सत्तारुढ दल नेकपाकी सचेतक शान्ता चौधरीलाई आईसीयूमा उपचार शुरु गरिएको छ । चौधरीलाई शुक्रबार रातिदेखि आईसीयूमा सारि उपचार शुरु गरिएको हो ।
वीर अस्पतालमा उपचाररत चौधरीलाई श्वासप्रश्वासमा समस्या भएपछि आईसीयूमा राखेर उपचार शुरु गरिएको चौधरीको सचिवालयले जनाएको छ । आफुलाई श्वासप्रश्वासमा कठिनाइ भएको तीन दिनअघि नै सामाजिक सञ्जालमार्फत् जानकारी गराएकी थिइन् ।
‘स्वास प्रश्वासमा अलि कठिनाई भइरहेको र फोनमा बोल्दा सास फेर्न थप कष्ट हुने र अक्सिजनको मात्रासमेत कम भएको महसूस हुन्छ,’ चौधरीले अस्पतालबाटै तीन दिन अघि लेखेको फेसबुक स्ट्याटसमा लेखेका थिए । पाँच दिनअघि उनलाई लक्षण सहितको संक्रमण पुष्टि भएको थियो । १० वर्षअघि उनलाई स्तन क्यान्सरसमेत भएको थियो ।