Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    जनसेवा समाजको २९ औं वार्षिक साधारणसभा सम्पन्न

    जनसेवा समाजको २९ औं वार्षिक साधारणसभा सम्पन्न


    • शुक्रवार, आश्विन २३ २०७७

    • नेपाल वाइड


    जनसेवा समाजको २९ औं वार्षिक साधारणसभा सम्पन्न

           जनसेवा समाज नेपालको वार्षिक साधारणसभा उद्घाटन गर्दै गैर–सरकारी संस्था महासंघ खोटाङका संस्थापक अध्यक्ष एबं जालपाका वडाध्यक्ष बिकास राई र गैर–सरकारी संस्था महासंघका जिल्ला सचिव युवराज रिजाल 

           खोटाङ । जनसेवा समाज नेपाल जालपा खोटाङको २९ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बौद्धिक पलायन रोकेर गाउँको विकास र परिवर्तन गर्ने लक्ष्यकासाथ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका युवाको पहलमा २०४८ सालमा स्थापना गरिएको जनसेवा समाजको बिहिबार वार्षिक साधारणसभा गरिएको हो ।

            विगतमा साधारणसभाको अवशरमा विभिन्न कार्यक्रम गर्दै आएको जनसेवाले यसपल्ट कोभिड–१९ को कारण प्रगती प्रतिबेदन, आर्थिक प्रतिबेदन, भावी कार्यदिशा लगायतका बारेमा छलफल गर्दै साधारणसभा गरेको छ ।

           जालपामा भएको साधारणसभा गैर–सरकारी संस्था महासंघ खोटाङका संस्थापक अध्यक्ष एबं जालपाका वडाध्यक्ष बिकास राईको प्रमुख आतिथ्यता, गैर–सरकारी संस्था महासंघका जिल्ला सचिव युवराज रिजालको विशेष आतिथ्यता, जनसेवाका संस्थापक अध्यक्ष जयश्वर राई लगायतको आतिथ्यतामा उद्घाटन गरिएको थियो । जनसेवाको बन्दसत्रमा जनसेवा समाजका अध्यक्ष दानबहादुर राईले वार्षिक प्रगती प्रतिबेदन, कोषाध्यक्ष भानु राईले आर्थिक प्रतिबेदन र कार्यकारी निर्देशक ध्रुब श्रेष्ठले संस्थाको भावी कार्यदिशा सम्वन्धी कार्यपत्र प्रस्तुत गरेका थिए । साधारणसभामा ‘गाउँको विकासका लागि बौद्धिक पलायनतालाई रोक्नु पर्ने’मा चर्चा गरिएको छ ।

          कार्यक्रममा उठेका विषयवस्तुका बारेमा पत्रकार भीम राईले टिप्पणी गरेका थिए । जनसेवा समाज बिगत २९ वर्षदेखि जिल्लामा आत्मनिर्भर, समतामुलक, न्यायपूर्ण र संवृद्ध समाजको स्थापनाका लागि क्रियासिल छ । ‘शिक्षित एबं पढे–लेखेका युवाहरु गाउँकै बिकास प्रकृयामा संलग्न हुँदा बिकासको गतिले गुणात्मक फड्को मार्ने बिश्वासका साथ २०३५ सालदेखि नै जालपाका सचेत युवा समुह संगठित रुपमा क्रियासिल थिए ।

          उनीहरु बौद्धिक पलायनताले गाउँको बिकास अवरुद्ध गर्दछ भन्ने ठान्थे,’ समाजका कार्यकारी निर्देशक श्रेष्ठले भने, ‘तसर्थ गाउँको सर्वाङ्गीण बिकास गर्ने, विपन्न एबं सुविधाविहिन समुदायको जिवनस्तरमा सुधार ल्याउने लक्ष्य सहित एक दर्जन बढि सचेत युवाको सामुहिक एबं संगठित प्रयासको योग स्वरुप जनसेवाले हालसम्मको यात्रा तय गर्न सफल भएको हो ।’

     

    सम्बन्धित समाचार