Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    प्रहरीको पोशाक विना अनुमति प्रयोग नगर्न आग्रह

    प्रहरीको पोशाक विना अनुमति प्रयोग नगर्न आग्रह


    • बिहिवार, आश्विन २२ २०७७

    • नेपाल वाइड


    प्रहरीको पोशाक विना अनुमति प्रयोग नगर्न आग्रह
    सांकेतिक तस्बिर

          काठमाडौं । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीको पोशाक दूरुपयोग भइरहेको भन्दै विना अनुमति प्रयोग नगर्न आग्रह गरेको छ । चलचित्र, टेलिचलचित्र, सर्ट मुभी, प्रयान्ट भिडियो, सांगीतिक भिडियो, टिकटक, टेलिभिजन तथा स्टेज कार्यक्रममा प्रहरीको पोशाक दूरुपयोग भइरहेको भन्दै प्रहरी प्रधान कार्यालयले ध्यानाकर्षण भएको जनाएको छ । 

         प्रहरीको पोशाक प्रयोग गर्नु परे प्रयोजन खुलाई नक्सालस्थित जनसम्पर्क तथा प्रचार ईकाइबाट स्वीकृति लिनुपर्ने प्रावधान रहेको कार्यालयले जनाएको छ । बिना अनुमति कसैले पोशाक दूरुपयोग गरे कानुन बमोजिम कारबाही हुने कार्यालयले एक विज्ञप्ति जारी गर्दै जनाएको छ ।

    सम्बन्धित समाचार