Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    सरकारी टोली र डा. केसीको टोलीबीच आज वार्ता हुने

    सरकारी टोली र डा. केसीको टोलीबीच आज वार्ता हुने


    • बिहिवार, आश्विन २२ २०७७

    • नेपाल वाइड


    सरकारी टोली र  डा. केसीको टोलीबीच आज वार्ता हुने

          काठमाडौं । सरकारी टोली र डा. गोविन्द केसीका तर्फबाट बनेको टोलीबीच बिहीबार (आज) वार्ता हुने भएको छ । डा. केसीको अनशनप्रति बेवास्ता गर्दै आएको सरकारले सर्वत्र दबाब भएपछि बुधबार २४औं दिनमा तीन सदस्यीय वार्ता समिति बनाएको हो ।

         सरकारले शिक्षा मन्त्रालयका सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली बनाएको थियो । टोलीमा स्वास्थ्य मन्त्रालयका सह-सचिव डा. गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक डा. दिलीप शर्मा छन् । डा. केसीका तर्फबाट डा. जीवन क्षेत्रीको संयोजकत्वमा चार सदस्यीय टोली गठन भएको छ ।

         टोलीका सदस्यहरूमा नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष डा. अञ्जनीकुमार झा, संघका वर्तमान अध्यक्ष डा. लोचन कार्की र ओमप्रकाश अर्याल छन् । डा. केसीको सत्याग्रहको २५ औं दिनमा सरकारले (आज) छलफल गर्न थालेको शिक्षा-सचिव गोपीनाथ मैनालीले  जानकारी दिए ।

    सम्बन्धित समाचार