Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    अपराध

    बुबाको हत्या अभियोगमा छोरा पक्राउ

    बुबाको हत्या अभियोगमा छोरा पक्राउ


    • बिहिवार, आश्विन २२ २०७७

    • नेपाल वाइड


    बुबाको हत्या अभियोगमा छोरा  पक्राउ
    सांकेतिक तस्बिर

          गल्मी । गुल्मीमा आफ्नै बुबाको हत्या गर्ने छोरा पक्राउ परेका छन् । जिल्लाको इस्मा गाउँपालिका –४ दोहोलीका २८ वर्षीय अनिल बस्नेत मङ्गलबार साँझ पक्राउ परेका  हुन् । 

         जिल्ला प्रहरी कार्यालयले इस्मा–१ हर्पुकोटस्थित आफन्तका घरबाट बस्नेतलाई पक्राउ गरेको हो । उनले गत आइतबार ६० वर्षीय  बुबा दिलबहादुरलाई कुटपिट गरी घाइते बनाएका थिए । घाइतेको उपचारका लागि बुटबल लैजाँदै गर्दा बाटामै ज्यान गएको थियो । 

        बुबाको हत्या गरेर फरार अनिलको खोजी गर्नेक्रममा सुराकीका आधारमा फुपू दिदीका घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी केदारनाथ पन्थले जानकारी दिए ।

        अनीलले अपराध स्वीकार गरिसकेको बताइएको छ । अहिले उनी प्रहरी हिरासतमै रहेको र कानूनी प्रक्रिया पुर्‍याएर कारागार चलान गरिने पन्थले बताए । - रासस

    सम्बन्धित समाचार