Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    डा‍. गोविन्द केसीको स्वास्थ्य अवस्था झन् जटिल बन्दै

    डा‍. गोविन्द केसीको स्वास्थ्य अवस्था झन् जटिल बन्दै


    • बुधवार, आश्विन २१ २०७७

    • नेपाल वाइड


    डा‍. गोविन्द केसीको स्वास्थ्य अवस्था झन् जटिल बन्दै

         काठमाडौं । २४ दिनदेखि सत्याग्रहमा रहेका डा‍. गोविन्द केसीको स्वास्थ्य अवस्था झन् जटिल बन्दै गएको छ । उपचारमा संलग्‍न डा‍. सुवास आचार्यले डा‍. केसीको स्वास्थ्य अवस्था अत्यधिक चिन्ताजनक बनेको जानकारी दिए ।

        चिकित्सकहरुका अनुशार रक्तचाप अत्यधिक मात्रामा घटेर ७०/५० पुगेको, सुगरको मात्र निकै कम भएको छ । ‘‘नर्मल स्लाइन दिइएको छ, अन्य कुनै पनि उपचार सेवा लिन मान्‍नुभएको छैन,’’ उनले भने, “जुनसुकै समयमा आईसीयूमा राखेर उपचार गर्नुपर्ने अवस्था देखिएको छ ।”गत भदौ २९ गते ६ बुँदे माग राखेर जुम्लाको एक मन्दिरमा डा‍. केसीले सत्याग्रह सुरु गरेका थिए ।

    सम्बन्धित समाचार