Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    मानसिक रोगबाट पिडित मकालुमायाँलाई आर्थिक सहयोग

    मानसिक रोगबाट पिडित मकालुमायाँलाई आर्थिक सहयोग


    • सोमवार, आश्विन १९ २०७७

    • नेपाल वाइड


    मानसिक रोगबाट पिडित मकालुमायाँलाई आर्थिक सहयोग

    मानसिक रोगबाट पिडित मकालुमायाँ राई मगरलाई आर्थिक सहयोग हस्तान्तरण गर्दै सचेत नागरिक सेवा समाजका पदाधिककारीहरु 

           खोटाङ । असोज १९, खोटाङको बराहपोखरी गाउँपालिका–१ बराहपोखरीकी मानसिक रोगबाट पिडित मकालुमायाँ राई मगरलाई आर्थिक सहयोग प्राप्त भएको छ । मानसिक सन्तुलन बिग्रेका कारण गत असार ११ गते ललितपुरको मानसिक अस्पतालमा पुर्‍याइएकी २९ वर्षीय मकालुमायाँलाई सचेत नागरिक सेवा समाज बराहपोखरीले आर्थिक सहयोग गरेको हो ।

          बराहपोखरी गाउँपालिका घर भइ हाल स्वदेश तथा विदेशमा विभिन्न रोजगारमा संलग्न युवा आवद्ध समाजले निम्न आर्थिक अवस्था भएका मकालुमायाँलाई उपचार खर्च स्वरुप १ लाख २१ हजार सहयोग गरेको हो ।

           समाजका अभियान्ता प्रकाश बन्जराको संयोजकत्वमा संकलन गरिएको रकम असोज १६ गते मानसिक रोगी मकालुमायाँको श्रीमान ताराबल राना मगरलाई घरैमा पुगेर हस्तान्तरण गरिएको हो । समाजका अध्यक्ष प्रकाश खपांगी मगर, प्रवक्ता निबहादुर खपांगी मगर, समाजको बराहपोखरी गाउँपालिका–२ सुन्तलेस्थित उपसमितिका महासचिव मनिराज मगरको उपस्थितिमा रकम हस्तान्तरण गरिएको जनाइएको छ ।

          स्वास्थ्यमा सामान्य सुधार भएपछि डिस्चार्ज पाएको केही समयपछि मकालुमायाँलाई समाजले उपचार खर्च स्वरुप आर्थिक सहयोग गरेको समाजका सल्लाहकार कैलास श्रेष्ठले बताए । डिस्चार्ज पाएर घर फर्काइए पनि मकालुमायाँको स्वास्थ्यमा अझै सुधार आइसकेको छैन । उनलाई पुःन जाँचका लागि अस्पतालले समय दिएको आफन्तले बताएका छन् ।

          मकालुमायाँको उपचार व्यवस्थाका लागि समाजले ‘मकालुमा बचाउ अभियान’ संचालन गरेको थियो । आर्थिक अभावकाबीचमा अस्पताल लगेर फर्काइएकी मकालुमायाँको थप उपचारका लागि समाजले आर्थिक सहयोग जुटाएको जनाएको छ । सचेत नागरिक सेवा समाजले यसअघि लडेर खुट्टा भाँचिएकी बराहपोखरी गाउँपालिका–१ बराहपोखरीकी ११ वर्षीय मंगली मगरको उपचारका लागि १ लाख ३० हजार सहयोग गरेको थियो ।

          बराहपोखरी गाउँपालिकाभित्रका स्वदेश तथा विदेशमा रहेका युवाले सामाजिक हितका काम गर्ने लक्ष्यकासाथ भर्चुअल तथा फेसबुकका माध्यमबाट सचेत नागरिक सेवा समाज स्थापना गरेको हो । 

     

    सम्बन्धित समाचार