Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    खोटाङमा दुई दिनमा पाँच जनालाई कोरोना संक्रमण पूष्टी

    खोटाङमा दुई दिनमा पाँच जनालाई कोरोना संक्रमण पूष्टी


    • आइतवार, आश्विन १८ २०७७

    • नेपाल वाइड


    खोटाङमा दुई दिनमा पाँच जनालाई कोरोना संक्रमण पूष्टी
    प्रतिकात्मक तस्बिर

            खोटाङमा दुई दिनमा पाँच जनामा कोरोना संक्रमण पूष्टी भएको छ । शनिबार खोटेहाङ गाउँपालिकामा तीन जना संक्रमित फेला परेको जिल्लामा पुःन आइतबार जन्तेढुंगा गाउँपालिकामा दुई जना संक्रमित फेला परेको हो । दिनानुदिन कोरोना संक्रमण पूष्टी हुनुले जिल्लामा कोरोना संक्रमणको जोखिममा पर्न लागेको संकेत गरेको छ ।

           जन्तेढुंगा गाउँपालिका–५ चिसापानीका एक महिला र एक पुरुषलाई कोरोना संक्रमण पूष्टी भएको हो । माईती घर बिराटनगर पुगेर ९/१० दिनअघि घर आएकी एक महिला र काठ्माण्डौंबाट घर आएका पुरुषलाई कोरोना पोजिटिभ देखिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पवन पोखरेलले बताए ।

           महिला घर आएको पाँच दिनपछि बिराटनगरमा रहेका भाईलाई कोरोना पोजिटिभ पूष्टी भएपछि पिसिआर परिक्षणका लागि उनको असोज १५ गते स्वाव संकलन गरिएको थियो । संक्रमित महिलाका परिवारका अन्य सदस्यको पिसिआर परिक्षण रिपोर्ट नेगेटिभ देखिएको जनाइएको छ । संक्रमण पूष्टी भएका दुबै जनालाई होमआइसोलेसनमा राख्ने व्यवस्था मिलाइएको स्वास्थ्य शाखा प्रमुख पोखरेलले बताए ।

           उनीहरुलाई घर आएदेखि नै होम क्वारेन्टीनमा राखिएको बताइएको छ । संक्रमित पुरुषसँगै आएका अन्य दुई जनाको भने पहिचान भएको छैन । खोटेहाङ गाउँपालिका–३ सावाकटहरेका एक जना, खोटेहाङ गाउँपालिका–३ इन्द्राणीपोखरीका एक जना र खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेका एक जना पुरुषलाई कोरोना संक्रमण पूष्टी भएको हो ।

            सावाकटहरेका संक्रमित ईलाका प्रशासन कार्यालय खोटाङबजारका प्रमुख हुन् । जिल्लामा कोरोना संक्रमितको संख्या २८ पुगेको छ । हालसम्म दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट पिसिआर परिक्षणमा पठाइएकामध्ये १५ जना, हलेसी तुवाचुङ नगरपालिकामा ४ जना, दिप्रुङ चुईचुम्मा गाउँपालिकामा १ जना, साकेला गाउँपालिकामा १ जना, ऐसेलुखर्क गाउँपालिकामा १ जना र बराहपोखरी गाउँपालिकामा १ जनालाई कोरोना संक्रमण पूष्टी भएको छ ।

    १० स्थानीय तहमध्ये हालसम्म रावाबेँसी गाउँपालिकामा कोरोना संक्रमित फेला परेको छैन ।

    सम्बन्धित समाचार