Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    खोटाङमा पुःन एकै दिन तीन जनामा कोरोना संक्रमणको पुष्टि

    खोटाङमा पुःन एकै दिन तीन जनामा कोरोना संक्रमणको पुष्टि


    • शनिवार, आश्विन १७ २०७७

    • नेपाल वाइड


    खोटाङमा पुःन एकै दिन तीन जनामा कोरोना संक्रमणको पुष्टि
    प्रतिकात्मक तस्बिर

            खोटाङ । असोज १७, खोटाङमा एकै दिन तीन जनालाई कोरोना संक्रमण पूष्टी भएको छ । खोटेहाङ गाउँपालिका–३ सावाकटहरेका एक जना, खोटेहाङ गाउँपालिका–३ इन्द्राणीपोखरीका एक जना र खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेका एक जना पुरुषलाई कोरोना संक्रमण पूष्टी भएको हो । हालसम्म कोरोना संक्रमित नभएको खोटेहाङमा एकैसाथ तीन जना संक्रमित फेला परेको हो ।

          सावाकटहरेका संक्रमित ईलाका प्रशासन कार्यालय खोटाङबजारका प्रमुख हुन् । खोटेहाङ गाउँपालिकाबाट ७ जनाको स्वाव पिसिआर परिक्षणमा पठाउँदा तीन जनालाई कोरोना पोजिटिभ पूष्टी भएको गाउँपालिका अध्यक्ष प्रदीप राईले बताए । संक्रमितमध्ये इन्द्राणीपोखरीका पुरुष हप्ता दिनअघि साउदीअरवबाट र लिच्कीराम्चेका पुरुष पनि हप्ता दिनअघि कतारबाट आएका हुन् ।

           विदेशमा गरिएको पिसिआर परिक्षणमा नेगेटिभ रिपोर्ट आएका उनीहरुलाई होमक्वारेन्टीनमा राखिएको अवस्थामा पुःन पिसिआर परिक्षण गर्दा कोरोना पोजिटिभ देखिएको गाउँपालिका अध्यक्ष राईले बताए ।

            संक्रमितलाई गाउँपालिकाकै आइसोलेसनमा राख्ने तयारी गरिएको छ । ‘बिदेशबाट आउने व्यक्तीको कोरोना नेगेटिभ रिपोर्ट भए पनि हप्ता दिन होमआइलोसनमा राख्ने व्यवस्था गरेका छौँ,’ अध्यक्ष राईले भने, ‘होमआइसोलेसनमा राखेकै अवस्थामा पिसिआर परिक्षणमा पठाउँदा पोजिटिभ रिपोर्ट देखिएको छ । यसले विदेशमा कोरोना परिक्षण गरेर आउने व्यक्तीबाट पनि जोखिम रहेको देखाएको छ ।’ ईलाका प्रशासन कार्यालय खोटाङबजारका प्रमुखले सामान्य रुघाखोकी लागेको आधारमा पिसिआर परिक्षणका लागि स्वाव संकलन गराएका थिए ।

           संक्रमितका परिवारलाई हप्ता दिनसम्म हिँडडुल नगर्न भनिएको छ । संक्रमित फेला परेपछि गाउँपालिकामा आइतबारका लागि तय गरिएको योजना सम्वन्धी अभिमुखीकरण, युवा भेला लगायतका कार्यक्रम स्थगित गरिएको अध्यक्ष राईले बताए ।

         खोटेहाङमा तीन जना संक्रमित फेला परेसँगै जिल्लामा कोरोना संक्रमितको संख्या २६ पुगेको छ । त्यसमध्ये २१ जना संक्रमितले कोरोना जितिसकेका छन् । हालसम्म दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट पिसिआर परिक्षणमा पठाइएकामध्ये १५ जना, हलेसी तुवाचुङ नगरपालिकामा ४ जना, दिप्रुङ चुईचुम्मा गाउँपालिकामा १ जना, साकेला गाउँपालिकामा १ जना, ऐसेलुखर्क गाउँपालिकामा १ जना र बराहपोखरी गाउँपालिकामा १ जनालाई कोरोना संक्रमण पूष्टी भएको छ । १० स्थानीय तहमध्ये हालसम्म रावाबेँसी गाउँपालिका र जन्तेढुंगा गाउँपालिकामा कोरोना संक्रमित फेला परेको छैन ।

    सम्बन्धित समाचार