बिहिवार, आश्विन १५ २०७७
नेपाल वाइड
खोटाङ । असोज १५, खोटाङको केपीलासगढी गाउँपालिका–२ खार्ताम्छा कुदुङकी ६० वर्षीय ठकुरी राई खोलामा मृत फेला परेकी छन् । बुधबार सम्पर्क बिहिन भएकी राई बिहिबार बिहान घरभन्दा तलको तापखोलाको बगरमा मृत फेला परेको प्रहरीले जनाएको छ ।
खोजीकाक्रममा उनको शव खोलामा पानीले बगाएर बगरमा अड्किएको अवस्थामा फेला परेको जानकारी आएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नारायणप्रसाद चिमरियाले बताउनुभयो ।
राई खोलामा लगाएको फड्के साँघु तर्नेक्रममा खसेको हुनसक्ने अनुमान गरिएको छ । उनी माईती गएर घर फर्कनेक्रममा बेपत्ता भएको भन्दै आफन्तले खोजीका लागि प्रहरीचौकी खार्ताम्छालाई खबर गरेका थिए । घट्नाका विषयमा कानूनी कारबाही अघि बढाइ सकिएको डिएसपी चिमरियाले बताउनुभयो ।