Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    मोडेर्नाको खोप सुरक्षित, ज्‍येष्ठ नागरिकमा पनि प्रभावकारी काम गर्ने देखियाे

    मोडेर्नाको खोप सुरक्षित, ज्‍येष्ठ नागरिकमा पनि प्रभावकारी काम गर्ने देखियाे


    • बिहिवार, आश्विन १५ २०७७

    • नेपाल वाइड


    मोडेर्नाको खोप सुरक्षित, ज्‍येष्ठ नागरिकमा पनि प्रभावकारी काम गर्ने  देखियाे

           अमेरिकी कम्पनी मोडेर्नाको खोप सम्बन्धी गरिएको प्रारम्भिक सुरक्षा परीक्षणमा यसले बढी उमेरका सहभागीमा पनि युवामा जत्तिकै भाइरसलाई निर्मुल बनाउने एन्टिबडिज उत्पादन गर्न सक्ने देखिएको छ । यसको साइड इफेक्ट उच्च डोजमा फ्लुको सुइ जस्तै हुने अनुसन्धानकर्ताहरुले जानकारी गराएका छन् । 

            ‘न्यु इङ्ल्यान्ड जर्नल अफ मेडिसिन’ मा प्रकाशित यस अध्ययनले जेष्ठ नागरिकहरुमा यो खोपको सुरक्षा सम्बन्धी विस्तृतमा व्याख्या गरेको छ । जेष्ठ नागरिकहरु विशेषगरी कोभिड–१९ को गम्भीर लक्षणप्रति अधिक संवेदनशील समूह मानिन्छन् । तर यो नयाँ खोजले वास्तवमै अधिक राहत दिलाएको अध्ययनका प्रमुख डाक्टर एभान एनडरसन बताउँछन् । उमेर बढेसँगै हाम्रो शरीरको प्रतिरोधात्मक क्षमता कम हुँदै जाने गर्दछ । 

           यो नयाँ अध्ययन मोडेर्नाको सुरक्षा सम्बन्धी पहिलो चरणको ट्रायल अन्र्तगत रहेको थियो जुन १८–५५ वर्षीय सहभागीहरुमा परीक्षण गरिएको हो । यसमा २५ माइक्रोग्राम र १०० माइक्रोग्राम गरी मोडेर्नाका दुईवटा खोपहरु ४० वर्षदेखि ५६ वर्ष अनि ७० भन्दा माथिका उमेरका व्यक्तिहरुमा परीक्षण गरिएको हो । यसपछि अनुसन्धानकर्ताहरुले २८ दिनको अन्तरमा १०० माइक्रोग्राम डोजका दुईवटा खोप लगाउने जेष्ठ नागरिकहरुले पनि युवा जत्तिकै इम्युन प्रतिक्रिया जनाउने गरेको पत्ता लगाएका हुन् । 

          मोडेर्नाले अब स्वीकृति या आपतकालीन अनुमति पाउनु अगाडि तेस्रो चरणको अन्तिम ट्रायल गर्नेछ जसमा उच्च डोजको परीक्षण गरिनेछ । यसमा टाउको दुख्ने, शरीर दुख्ने, थकान, काम छुट्ने, हल्का ज्वरो आउने, सुइ लगाएको ठाउँमा दुख्ने लगायत सामान्य साइड इफेक्टहरु देखिने बताइएको छ । अहिलेसम्मको परीक्षणहरुमा दुईजना सहभागीले चाहिँ केही गम्भीर प्रतिक्रिया देखाएका छन्, जसमा एकजनालाई १०२.२ डिग्रीभन्दा माथि ज्वरो आएको थियो भने अर्का एकजनालाई अत्याधीक थकानका कारण काम गर्न नसक्ने भएका थिए । 

         तर यी लक्षणहरु खोप लगाउनासाथ देखा परेको अनि केही समयमै ठीक पनि भएको एन्डरसन बताउँछन् । उनले भनेका छन्, “उच्च डोजको खोप लिने जेष्ठ नागरिकहरुमा पनि यस्तै साइड इफेक्ट देखा पर्नेछ र हल्का ज्वरो पनि आउने सम्भावना छ ।”  रोयटर्स 

    सम्बन्धित समाचार