Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    बलात्कारपछि हत्या गरिएकी सम्झनाको आठ दिनपछि दाहसंस्कार

    बलात्कारपछि हत्या गरिएकी सम्झनाको आठ दिनपछि दाहसंस्कार


    • बुधवार, आश्विन १४ २०७७

    • नेपाल वाइड


    बलात्कारपछि हत्या गरिएकी सम्झनाको आठ दिनपछि दाहसंस्कार

                बझाङ । बलात्कारपछि हत्या गरिएकी मष्टा गाउँपालिका वडा नं २ खिकलाकी १२ वर्षीया सम्झना कामीको बुधबार आठ दिनपछि दाहसंस्कार गरिएको छ ।

                जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन गरी मष्टा २ का २० वर्षीय राजेन्द्र बोहोरालाई आरोपितका रुपमा सार्वजनिक गरेपछि जिल्ला अस्पतालमा राखिएको बालिकाको शव सम्झनाका आफन्तले बुझेका हुन् ।

              शव बुझ्दै उनका आफन्त गोरख कामीले दोषीलाई कारवाही हुन्छ भनेर शव बुझेको र अदालतबाट फैसला नहुँदासम्म सम्झनाको न्यायका लागि संघर्ष गरिराख्ने बताए ।

              मङ्गलबार जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय बैठकमा समेत बालिकाको शव जलाउने सहमति भएको र गृह मन्त्रालयका सचिवले फोनमार्फत बालिकाका आफ्न्तलाई रु  १० लाख  दिने बताएको सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर सार्कीले जानकारी दिए ।  

    रासस

    सम्बन्धित समाचार