मंगलवार, आश्विन १३ २०७७
नेपाल वाइड
धादिङ । धादिङमा आफ्नै छोरीको बलात्कार गर्ने बाबु पक्राउ परेका छन । चौध वर्षीया छोरीलाई पटक–पटक बलात्कार गरेको अभियोगमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाका ३५ वर्षीय बाबुलाई प्रहरीले पक्राउ गरी अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालयका धादिङका प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।
पीडितका आमा र भाइ घर नभएको बेलामा असोज ८ गते पछिल्लो पटक बलात्कार गरेको पीडितले प्रहरीलाई बताएकी छिन् । प्रहरीको सहयोगमा जिल्लामा सञ्चालित सुरक्षित आवास गृहमा राखिएकी बालिकाको स्वास्थ्य परीक्षण गरिएको छ ।
आफुमाथी पटक–पटक भएकाे घटना आमाले थाहा पाए पनि आफूले न्याय नपाएपछि घर छाडेर हिडेको पिडित बालिकाले बताएकी छिन् ।