Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    पुनः नियुक्तिको माग गर्दै उदयपुर सिमेन्टका मजदूर आन्दोलित

    पुनः नियुक्तिको माग गर्दै उदयपुर सिमेन्टका मजदूर आन्दोलित


    • सोमवार, आश्विन १२ २०७७

    • नेपाल वाइड


    पुनः नियुक्तिको माग गर्दै उदयपुर सिमेन्टका मजदूर आन्दोलित

            उदयपुर । उदयपुर सिमेन्टका मजदूरहरुले पुनः नियुक्तिको माग गर्दै आन्दोलित भएका छन् । कोरोना भाइरस सङ्क्रमणका कारण केही समयका लागि उद्योग बन्द हुँदा आफूहरुलाई बिदा दिएको उद्योग व्यवस्थापन पक्षले अहिले उद्योग सञ्चालनमा आएपछि काममा फर्कन नदिएपछि बाध्य भएर आन्दोलन गर्नुपरेको मजदूरहरुले बताएका छन् । यसरी आन्दोलित भएका मजदूरहरुमध्ये वरिष्ठ मेकेनिकदेखि प्राविधिक गरी एक सयभन्दा बढी छन् । 

           आफूहरुको रोजीरोटी सङकटमा परेको हुँदा काममा नफर्काएसम्म आन्दोलन जारी रहने मजदूर आन्दोलनका अगुवा भुमराज राई र श्रवण कोइरालाले बताए । उनीहरुले सङ्घर्ष समिति र दवाब समूह गठन गरेर आइतबारदेखि उद्योगको मूल ढोकममा अनिश्चितकालिन धर्ना बसेका छन् । 

           “कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको बन्दाबन्दीका कारण गत चैतदेखि नै सिमेन्ट उद्योग नियमित रुपमा सञ्चालनमा आउन नसक्दा अधिकांश प्राविधिक मजदूरलाई बिदाई गरिएको छ”, उद्योगका निमित्त प्रबन्धक नवल किशोर साहले भने, “अहिले पनि नियमित रुपमा उद्योग सञ्चालनमा आएको छैन । उद्योग घाटामा रहेकाले तत्काल मजदूरहरुलाई काम दिन सकिदैन् ।”

           काममा लगाएपछि पारिश्रमिक दिनुपर्दछ तर पारिश्रमिक दिने क्षमता उद्योगसँग छैन् । यस्तो अवस्थामा उनीहरुलाई काममा फर्काउन नसिकने उद्योग व्यवस्थापन पक्षको भनाइ छ । वार्ता र सम्वादद्वारा समस्याको सामाधान गर्न व्यवस्थापन पक्ष तयार रहेको प्रवन्धक साहको भनाइ छ । रासस

    सम्बन्धित समाचार