Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    अविरल वर्षाका जनजीवन प्रभावित, ३ दिनमा १७ जनाले ज्यान गुमाए

    अविरल वर्षाका जनजीवन प्रभावित, ३ दिनमा १७ जनाले ज्यान गुमाए


    • शुक्रवार, आश्विन ९ २०७७

    • नेपाल वाइड


    अविरल वर्षाका जनजीवन प्रभावित, ३ दिनमा १७ जनाले ज्यान गुमाए

                       फायल तस्विर

         तीन दिनयता देशका विभिन्न स्थानमा आएको अविरल वर्षाका जनजीवन प्रभावित बनेको छ । पहाडी क्षेत्रमा पहिरोले क्षति पुर्‍याएको छ । यसैबीच निरन्तर वर्षाका कारण ३ दिनमा १७ जनाले ज्यान गुमाएका छन् ।

           गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रका अनुसार असोज ६, ७ र ८ गते आएको प्राकृतिक विपत्तिका कारण १७ जनाले ज्यान गुमाएका हुन् । प्राकृतिक विपत्तिका कारण यी तीन दिनमा कम्तीमा १५ जना बेपत्ता भएको केन्द्रको तंथ्याङमा उल्लेख छ ।

          बिहीबार मात्र बाढीपहिरोका कारण १४ जनाले ज्यान गुमाएका थिए । राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रका प्रमुख मुरारी वस्तीका अनुसार यसपटक ९० प्रतिशतभन्दा बढी क्षति पहिरोका कारण भएको छ ।

    यसैबीचऽ आज शुक्रवार पनि देशभर पानी पर्ने मौसमविदहरुले जनाएका छन् । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल भारतको मध्य प्रदेशको पुर्वी भू-भागमा न्यून चापीय क्षेत्र उत्तर-पुर्व सरेकाले नेपालमा पनि वर्षाको सम्भावना रहेको हो । जल तथा मौसम विज्ञानलेआज देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुने जनाएको छ ।

    सम्बन्धित समाचार