बुधवार, आश्विन ७ २०७७
नेपाल वाइड
बेसार हालेको दूध पिउँदा शरीरलाई विभिन्न प्रकारका फाइदाहरु पुग्ने चिकित्सकहरु बताउँछन् । कोरोना भाइरसको महामारीमा यसको सेवनले रोग प्रतिरोधात्मक क्षमता समेत बढाउन मद्दत गर्छ । करक्युमिन एन्टिअक्सिडेन्टले भरपूर बेसार दूधमा हालेर पिउँदा स्वास्थ्यमा विभिन्न लाभ पुग्छ ।
४.बेसार भएको दूधले दिमागलाई समेत बलियो बनाउँछ । यसले स्मरण शक्तिमा सुधार ल्याउँछ । साथै, मिठो निन्द्राका लागि पनि यो फाइदाजनक छ । केही अनुसन्धानमा उल्लेख भएअनुसार बेसारले दिमागको कार्योँमा प्रभाव पार्ने भएकाले रातिमा दूध र बेसार मिसाएर पिउँदा निद्रा नलाग्ने समस्याबाट छुटकारा दिलाउँछ ।
५. बेसार भएको दूधले हर्मोनको असन्तुलनलाई समेत सन्तुलन कायम राख्न सहयोग गर्छ । जुन महिलामा अनियमित महिनावारीको समस्या छ ति महिलाहरुका लागि पनि लाभदायी हुन्छ । यस्तै, बेसारले अनुहारमा भएका दाग धब्बा समेत हटाउन सहयोग गर्छ ।
६. बेसार भएको दूधले रगतमा चिनीको मात्रा नियन्त्रण गर्छ । साथै टाइप २ मधुमेहका रोगीहरुका लागि रगतमा चिनीको मात्रा घटाउन समेत मद्दत गर्छ । साथै, यसले क्यान्सरको जोखिम समेत कम गराउँछ ।
७. बेसार भएको दूधले पाचन प्रक्रियालाई समेत बलियो बनाउँछ । एसिडिटी कम गराउँछ । दूधमा धेरै बेसार मिसाउन भने हुँदैन । त्यसैले सानो चम्चाको एक चम्चा बेसार स्वास्थ्यका लागि निकै फाइदाजनक छ ।
८. बेसार भएको दूधमा थोरै मरिचको धुलो मिसाएर पिउँदा घाँटीमा आउने समस्या समेत कम हुन्छ ।
एजेन्सीकाे सहयाेगमा