बुधवार, आश्विन ७ २०७७
नेपाल वाइड
कीर्तिमानी पर्वतारोही आङरिता शेर्पाको राजकीय सम्मानका साथ अन्तेष्टि गरिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले शेर्पाको अन्तेष्टि राजकीय सम्मानका साथ गर्ने निर्णय गरेको थियो ।

उनको आज बिहान टेकु दोभानमा धार्मिक परम्परा अनुसार अन्त्येष्टि गरिएको छ । उनको पार्थिव शरीरमा पर्यटनमन्त्री योगेश भट्टराईले राष्ट्रिय झण्डा ओढाएर सम्मानसहित अन्तिम विदाई गरेका थिए भने सशस्त्र ५ प्रहरीको टुकडीले सलामी अर्पण गरेको थियो ।

शेर्पाको सोमबार निजी निवासमा ७२ वर्षको उमेरमा निधन भएको थियो । उनले बिना अक्सिजन १० पटक सगरमाथाको सफल आरोहण गरेर कीर्तिमान बनाएका थिए । यही कारणले गर्दा उनलाई हिम चितुवा उपनाम दिइएको थियो ।


