बुधवार, आश्विन ७ २०७७
नेपाल वाइड
नेपाल क्रिकेट संघ (क्यान) ले डिसेम्बरमा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण सिरिज गर्ने तयारी गरिरहेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) सँगै समन्वय गर्दै आगामी डिसेम्बर २०२० मा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण सिरिज सञ्चालनका लागि आवश्यक तयारी अघि बढाउने क्यानले जनाएको छ ।
नेपाल क्रिकेट संघको चितवनमा बसेको बोर्ड बैठकमा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि आवश्यक तयारी अगाडि बढाउने निर्णय भएको जनाएको छ ।
त्यस्तै आगामी मंसिरमा राष्ट्रिय प्रतियोगिता गर्ने पनि बैठकले निर्णय गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) सँग समन्वय गर्दै महिला र पुरुष राष्ट्रिय प्रतियोगिता (पीएम कप) सञ्चालन गर्ने निर्णय गरिएको क्यानले जनाएको छ ।