Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    करेन्ट लागेर वडाध्यक्षको मृत्यु

    करेन्ट लागेर वडाध्यक्षको मृत्यु


    • मंगलवार, आश्विन ६ २०७७

    • नेपाल वाइड


    करेन्ट लागेर वडाध्यक्षको मृत्यु

            सोलुखुम्बु । करेन्ट लागेर सोलुखुम्बुमा वडाध्यक्षको मृत्यु भएको छ । सोलुखुम्बु माप्य दुधकोशी गाँउपालिका-५ का वडाध्यक्ष ३९ वर्षीय निमराज तामाङको करेन्ट लागेर मंगलरबार बिहान मृत्यु भएको हो । 

         सदरमुकाम सल्लेरीस्थित बिहान साढे ८ बजेआफ्नै घरमा निर्माण सामग्री सार्दा हाइटेन्सन लाइनमा छोइएर वडाध्यक्ष तामाङलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डीएसपी टेकुनन्द इवा लिम्बुले जानकारी दिए ।

           करेन्ट लागेर बेहोस भएका वडाध्यक्ष तामाङको जिल्ला अस्पताल फाप्लुमा उपचारको क्रममा ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

           स्थानीय तहको निर्वाचनमा उनी तत्कालीन नेकपा एमालेबाट निर्वाचित भएका थिए भने उनी लेखापढी व्यवसायी सङ्घ सोलुखुम्बुको अध्यक्षसमेत थिए । उनको श्रीमती र तीन छोराछोरी रहेका छन् ।

    सम्बन्धित समाचार