सोमवार, आश्विन ५ २०७७
नेपाल वाइड
आर्थिक वर्ष ०७७/८८ का लागि स्थानीय तहमा निर्माण गरिने खेलकुद पूर्वधार (खेलग्राम) निर्माणका लागि युवा तथा खेलकुद मन्त्रालयद्धाराले प्रस्ताव पेस गर्न आह्वान गरेको छ । मन्त्रालयले चालु आर्थिक वर्षका लागि मन्त्रालयले थप ३० वटा पालिकामा खेलग्राम निर्माणको लागि प्रस्ताव पेस गर्न आह्वान गरेको हो ।
मन्त्रालयले सोमबार एक सूचना प्रकाशित गर्दै स्थानीय तहलाई खेलग्राम निर्माणको लागि प्रथम पटक प्रकाशित सूचनाको ३५ दिनभित्र आवश्यक प्रक्रिया पूरा गरेर प्रस्ताव पेस गर्न सकिने जनाएकाे छ ।
सरकारले ल्याएको ‘एक स्थानीय तहमा एक खेलग्राम’ अनुसार तथा खेलग्राम निर्माणका लागि मन्त्रालयले प्रकाशन गरेको हो ।