आइतवार, आश्विन ४ २०७७
नेपाल वाइड
काठमाडौं । कोरोना संक्रमणबाट पहिलोपटक सुरक्षा निकायअन्तर्गत नेपाली सेनाका एक जवानको मृत्यु भएको छ । काठमाडौं उपत्यकामा कार्यरत रामेछापका एक ३४ वर्षीय सैनिक जवानको मृत्यु भएको हो ।
‘ब्लड क्यान्सर’का बिरामी समेत रहेका ती जवानको भदौ ३१ गते मृत्यु भएको नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेले बताए । उनका अनुसार मृत्युपछि असोज १ गते उनमा कोरोना पोजेटिभ भएको रिपोर्ट आएको प्रवक्ता पौडेलले बताए ।
उपचारकै क्रममा मृत्यु भएका सैनिक जवानको मृत्युपछि परिक्षण गर्दा कोरोना पोजेटिभ पाइएको हो ।