शुक्रवार, आश्विन २ २०७७
नेपाल वाइड
नेपाल चिकित्सक संघले डा. गोविन्द केसीको सत्याग्रहको पाँचौं दिन पुगदासम्म पनि सरकारले कुनै पनि चासो नदिएको आरोप लगाएको छ । संघले शुक्रबार (आज) विज्ञप्ति जारी गदै जुम्लाको चन्दननाथ नगरपालिका ६, रानीचौरस्थित बाबिरामस्ट मन्दिरमा ५ दिनदेखि सत्याग्रहमा रहेका डा. केसीका मागका विषयमा कुनै चासो नदिएको भन्दै सरकारको ध्यानकर्षण गराएको हो ।
गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सा शिक्षाका लागि गरिएको सत्याग्रहप्रति सरकारले गम्भीर रुपमा मनन गरी अविलम्ब वार्ताद्वारा जायज मागको सम्बोधन गर्दै डा. केसी जीवनरक्षा गर्न विज्ञप्तिमार्फत संघले माग गरेको छ ।