Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    कांग्रेसको आशन्न महाधिवेशन महामारीका बीच कसरी गर्ने भन्ने बहस

    कांग्रेसको आशन्न महाधिवेशन महामारीका बीच कसरी गर्ने भन्ने बहस


    • मंगलवार, भाद्र ३० २०७७

    • नेपाल वाइड


    कांग्रेसको आशन्न महाधिवेशन महामारीका बीच कसरी  गर्ने भन्ने बहस
    सांकेतिक तस्बिर

            विश्वव्यापी रुपमा फैलिएको महामारी कोभिड–१९ का कारण पूर्वनिर्धारित कार्यतालिका प्रभावित भएपछि नेपाली कांग्रेसको आशन्न १४ औं महाधिवेशन अन्योलमा परेको छ । महाधिवेशनको अन्तिम मिति यथावत राखेर परिमार्जन गरिएको कार्यतालिकाअनुसार आन्तरिक संरचना समायोजन, क्रियाशील सदस्यता वितरण तथा नवीकरण हुन नसकेपछि महाधिवेशन अन्योलमा परेको हो ।

            गत असार २२ गते बसेको केन्द्रीय कार्यसमिति बैठकले आगामी फागुन ७–१० मा महाधिवेशन यथावत राखेर अन्तरिम संरचना समायोजन गरी सक्नुपर्ने अन्तिम अवधि साउन १० गते तोकेको थियो । तर, कांग्रेसले अझै ११ जिल्लामा अन्तरिम संरचना समायोजन गर्न बाँकी छ ।

          यस्तै विधानले तोकेको कार्यविधिबमोजिम प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले नयाँ क्रियाशील सदस्यता वितरण र जिल्ला कार्यसमितिले क्रियाशील सदस्यता नवीकरण गर्ने कार्य सम्पन्न गर्ने अवधि असार २५ देखि साउन मसान्तसम्म निर्धारण गरेको थियो ।  

           विभिन्न ११ जिल्लाहरुमा पार्टीका अन्तरिक संरचनाहरु समायोजनको काम सम्पन्न नभएका कारण कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरण र क्रियाशील सदस्यता नवीकरणको काम सम्पन्न गर्न सकेको छैन । प्रदेश नम्बर २ का आठ जिल्लासँगै मुस्ताङ, काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकमा कांग्रेसले अन्तरिम संरचनाहरु समायोजन गर्न बाँकी छ । कोभिड–१९ का कारण कार्यतालिका प्रभावित भएपछि कांग्रेसमा महामारीका बीच कसरी महाधिवेशन गर्ने भन्ने बहस सुरु भएको छ ।

              पूर्वनिर्धारित महाधिवेशनको मितिसम्म नै कोभिड–१९ को महामारी अहिलेकै अवस्थामा यथावत रहे कांग्रेससामु महाधिवशेनका लागि के–के विकल्प हुन सक्छन् त ? कोभिड–१९ महामारीको प्रभाव यथावत रहेको अवस्थामा महाधिवेशन सम्पन्न गरेर नयाँ नेतृत्व चयनका लागि कांग्रेसका केन्द्रीय सदस्यहरुले अनेक विकल्पहरु औंल्याएका छन् ।

          उनीहरुले अहिलेकै कार्यतालिकाअनुसार महाधिवेशन सम्पन्न गर्न सकिनेदेखि नेपालको संविधानले राजनीतिक दलसम्बन्धी गरेको व्यवस्थाअनुसार छ महिना पछाडि धकेलेर महाधिवेशन गर्न सकिनेसम्मका विकल्पहरु प्रस्तुत गरेका छन् ।

    सम्बन्धित समाचार