Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    वालदिवस

    खोटेहाङमा निवन्ध र चित्रकला प्रतियोगीता

    खोटेहाङमा निवन्ध र चित्रकला प्रतियोगीता


    • मंगलवार, भाद्र ३० २०७७

    • नेपाल वाइड


    खोटेहाङमा निवन्ध र चित्रकला प्रतियोगीता

            निवन्ध तथा चित्रकला प्रतियागीतामा सहभागी खोटेहाङ गाउँपालिकाका छात्र/छात्रा । तस्बिर सौजन्य:खोटेहाङ गाउँपालिका

           खोटाङ । भदौ ३०, खोटाङको खोटेहाङ गाउँपालिकाले कोभिड–१९ को बारेमा माबि स्तरिय निवन्ध लेखन तथा चित्रकला प्रतियोगीता गरेको छ । वालदिवसको अवशरमा गाउँपालिकाले सोमबार कोभिड–१९ का विषयमा माबि स्तरिय निवन्ध लेखन तथा आधारभुत विद्यालय स्तरिय चित्रकला प्रतियोगीता आयोजना गरेको हो ।

           ‘कोभिड–१९ को सन्दर्भमा बैकल्पिक शिक्षाको आवश्यकता र महत्व’ विषयक निवन्ध लेखन प्रतियोगीतामा भगवती दिनानाथ माबि खोटाङबजारका कक्षा १० का छात्र सविन गेलाल प्रथम भएका छन् ।

    Khotang GAPA.jpg

    निवन्ध तथा चित्रकला प्रतियागीतामा उपस्थित खोटेहाङ गाउँपालिकाका अध्यक्ष प्रदीप राई, उपाध्यक्ष कविता राई र प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद भट्टराई ।

           यस्तै, सिमपानी माबि सिमपानीका छात्रा सिर्जना राई दोश्रो र कृष्ण माबि बर्रे सिमपानीका निश्चल परियार तेश्रो भएका छन् । ‘कोभिड–१९ को रोकथाम तथा नियन्त्रण’ शिर्षकमा गरिएको चित्रकला प्रतियोगीतामा भाषा आधारभुत विद्यालय बड्कादियालेका छात्र दिनाश तामाङ प्रथम, भानु आधारभुत विद्यालय लिच्कीराम्चेका छात्र एकराज राई दोश्रो र सावाकाली माबि सावाकटहरेका छात्र पुष्पन राई तेश्रो भएका छन् ।

             निवन्ध तथा चित्रकला प्रतियोगीताका विजेतालाई क्रमशः ५ हजार, ३ हजार र २ हजारका साथमा प्रमाण–पत्र प्रदान गरिएको छ । विजेता छात्र/छात्रालाई खोटेहाङ गाउँपालिकाका अध्यक्ष प्रदीप राई र उपाध्यक्ष कविता राईले पुरस्कार हस्तान्तरण गरेका थिए । चित्रकला प्रतियोगीतामा कक्षा ६ देखि कक्षा ८ सम्मका छात्र/छात्रा सहभागी थिए ।

     

    सम्बन्धित समाचार