Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    दलितमाथि श्रृंखलावद्ध रुपमा भएकाे सामाजिक विभेद एबं अन्यायका घट्ना प्रति ध्यानाकर्षण

    दलितमाथि श्रृंखलावद्ध रुपमा भएकाे सामाजिक विभेद एबं अन्यायका घट्ना प्रति ध्यानाकर्षण


    • आइतवार, भाद्र २८ २०७७

    • नेपाल वाइड


    दलितमाथि श्रृंखलावद्ध रुपमा भएकाे सामाजिक विभेद एबं अन्यायका घट्ना प्रति ध्यानाकर्षण

    प्रजिअ शालिग्राम शर्मा पौडेललाई ज्ञापन–पत्र पठाउँदै संयुक्त संघर्ष समितिका सचिवालय सदस्य पर्शुराम बिश्वकर्मा र राष्ट्रिय दलित पत्रकार संघका अध्यक्ष सविना अछामे ।

             खोटाङ । दलितमाथि श्रृंखलावद्ध रुपमा सामाजिक विभेद एबं अन्यायका घट्ना घटेको भन्दै खोटाङमा क्रियासिल संयुक्त संघर्ष समिति र राष्ट्रिय दलित पत्रकार संघले ध्यानाकर्षण भएको जनाएको छ ।

           जाजरकोटका नवराज बिक सहित ६ युवाको हत्यामा संलग्न दोषीलाई कारबाहीको माग गर्दै जिल्लामा बनाइएको संघर्ष समिति र दलित पत्रकार संघले आइतबार प्रधानमन्त्रीलाई ज्ञापन–पत्र बुझाउँदै पछिल्लो समय मुलुकका विभिन्न ठाउँमा दलितमाथि भएका अन्यायले मर्माहत बनाएको जनाएका छन् ।

           प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलमार्फत प्रधानमन्त्रीलाई पठाइएको ज्ञापन–पत्रमा दलितमाथि छुवाछुत गर्ने, कुटपिट गर्ने, यौन हिंसा गर्नेदेखि ज्यान गुमाउन बाध्य पार्ने दोषीमाथि कानुनी कारबाहीका लागि सरकार समक्ष माग गरिएको छ ।

           संयुक्त संघर्ष समितिका सचिवालय सदस्य पर्शुराम बिश्वकर्मा र राष्ट्रिय दलित पत्रकार संघका अध्यक्ष सविना अछामेले बुझाएको ज्ञापन–पत्रमा कैलालीको धनगढी उपमहानगरपालिका–१ का १९ वर्षीय रोशन बिकको प्रहरी हिरासतमा रहेकैबेला मृत्यु भएको, कञ्चनपुरको बेलडाँगी गाउँपालिका–२ चवन्नी गैराकी १६ वर्षीय दलित बालिकालाई अपहरण गरी ५ दिनसम्म बन्दी बनाएर सामुहिक बलात्कार गरेको, अन्तरजातीय प्रेम गरेकै कारण कुटपिट भएको भोलीपल्ट अछामको रामारोशन गाउँपालिका–२ बीरसैनका केशरी रावलले आत्महत्या गरेको उल्लेख छ ।

           संयुक्त संघर्ष समिति र राष्ट्रिय दलित पत्रकार संघले उक्त घट्नाका दोषीमाथि कानुनी कारबाहीका लागि पहल गरिदिन मानव अधिकार आयोग, मानवअधिकारवादी, पत्रकार लगायतलाई आग्रह गरेका छन् ।

           दलितमाथि भएका जघन्य घट्नाका दोषीमाथि सरकारले कारबाही नगरे सशक्त आन्दोलन गर्ने ज्ञापन–पत्रमा चेतावनी दिइएको छ ।

     

    सम्बन्धित समाचार