Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    खोटाङमा फेरी एक जनालाई कोरोना संक्रमण, वडा शिल

    खोटाङमा फेरी एक जनालाई कोरोना संक्रमण, वडा शिल


    • आइतवार, भाद्र २८ २०७७

    • नेपाल वाइड


    खोटाङमा फेरी एक जनालाई कोरोना संक्रमण, वडा शिल
    फायल तस्बिर

             खोटाङ । खोटाङमा एक जना कोरोना संक्रमित थपिएका छन् । साकेला गाउँपालिका–५ मात्तिमका एक जना पुरुषलाई कोरोना संक्रमण पूष्टि भएको हो । काठ्माण्डौंबाट गत भदौ १५ गते घर आएका पुरुषलाई कोरोना संक्रमण भएको पूष्टि भएको साकेला गाउँपालिकाका अध्यक्ष अर्जुन खड्काले बताए ।

            स्वदेशका विभिन्न स्थान तथा विदेशबाट आएपछि होम क्वारेन्टीनमा बसिरहेका ३० जनाको पिसिआर परिक्षणका लागि बिराटनगर पठाइएकामा आईतबार एक जनाको पोजिटिभ रिपोर्ट आएको हो । उनीहरुको भदौ २५ गते स्वाव संकलन गरेर पिसिआर परिक्षणमा पठाइएको थियो ।

            संक्रमितलाई जिल्ला अस्पतालको आइसोलेसनमा पठाउने तयारी गरिएको छ । यससँगै जिल्लाबाट पिसिआर परिक्षणमा पठाइएकामध्ये कोरोना संक्रमितको संख्या २१ पुगेको छ । संक्रमितमध्ये १९ जना कोरोना जितेर घर फर्किसकेका छन् ।

           एक जना संक्रमित प्रहरी जवान हाल आइसोलेसनमै राखिएका छन् । पुःन परिक्षण गर्दा पनि प्रहरी जवानलाई कोरोना पोजिटिभ देखिएको जिल्ला अस्पताल खोटाङका मेडिकल अधिकृत डा. शैलेस श्रेष्ठले बताए ।

     वडा शिल

            कोरोना संक्रमित फेला परेपछि साकेला गाउँपालिका–५ मात्तिमलाई शिल गरिएको छ । होम क्वारेन्टीनमा बसिरहेका पुरुषलाई कोरोना पोजिटिभ देखिएपछि आइतबारदेखि असोज ३ गतेसम्मका लागि वडालाई शिल गरिएको हो ।

             घर परिवार, छिमेकी, टोल, वडादेखि गाउँपालिकालाई कोरोना संक्रमणबाट बचाउनका लागि हप्ता दिनका लागि वडा शिल गरिएको गाउँपालिका अध्यक्ष खड्काले बताए । सो अवधिमा मात्तिमको मानेभञ्ज्याङ आसपासमा सञ्चालनमा रहेका होटल तथा सबै किसिमका थोक/साना पशल समेत बन्द गरिएको छ ।

             यस्तै, हप्ता दिनका लागि गाउँपालिकाको अतिआवश्यक बाहेका सेवा समेत बन्द गरिएको छ । साकेला गाउँपालिकामा रहेको एसबिआई बैंक भने दैनिक बिहान १० बजेदेखि १ बजेसम्म खुलाउने व्यवस्था मिलाइएको गाउँपालिका अध्यक्ष खड्काले बताए ।

    सम्बन्धित समाचार