Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    कुलमान घिसिङको ४ वर्षे कार्यकाल आजबाट समाप्त भएसँगै बिदाई हुने

    कुलमान घिसिङको ४ वर्षे कार्यकाल आजबाट समाप्त भएसँगै बिदाई हुने


    • आइतवार, भाद्र २८ २०७७

    • नेपाल वाइड


    कुलमान घिसिङको ४ वर्षे कार्यकाल आजबाट समाप्त भएसँगै बिदाई हुने

                               फायल तस्बिर

             नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङको ४ वर्षे कार्यकाल आज समाप्त भएसँगै बिदाई हुने भएका छन् । पुनः नियुक्तिका लागि हालसम्म पनि कुनै प्रक्रिया अघि नबडे पछि उनी बिदाई हुने पक्का भएको हो ।

              २०७३ भदौ २९ गते विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको पद सम्हालेका घिसिङको कार्यकाल सकिने भएको छ । घिसिङलाई पुनः नियुक्ति गर्ने विषयमा भने अझै टुङगो लाग्न सकेको छैन ।

            यसअघिको मन्त्रिपरिषद् २ पटक बस्न नसके पछि उनलाई नियुक्ति दिने विषय समेत अन्यौलमा परेको छ । उर्जा मन्त्री र पार्टी अध्यक्ष प्रचण्ड कुलमानलाई दोहोर्‍याउने पक्ष छन् भने प्रधानमन्त्रीले भने यस विषयमा छलफल गरेर नियुक्ति दिने बताएका छन्।

          प्रचण्ड निकट कुलमानले प्रधानमन्त्रीसँग भने कुनै पनि सल्लाह नगरी एक पक्षीय रुपमा नियुक्ति लिन खोजे पछि प्रधानमन्त्रीले उनको नियुक्तिका विषयलाई कम चासो राखेको छ । प्रचण्ड र ओलीबीच समजदारी भए घिसिङको नियुक्ति हुने स्रोतको भनाई छ ।

    सम्बन्धित समाचार