शनिवार, भाद्र २७ २०७७
नेपाल वाइड
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका विभिन्न पार्टीमा आवद्ध ९९ जना कार्यकर्ता तथा समर्थक नेकपामा प्रवेश गरेका छन् ।
नेकपा नगर कमिटिको संयोजनमा वडा कमिटिले शनिबार आयोजना गरेको कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा कांग्रेसका ८६ जना, संघीय समाजवादीका ११ जना र राप्रपाका २ जना नेकपामा प्रवेश गरेका हुन् ।
उनीहरुलाई नेकपाका आमन्त्रित स्थायी कमिटि सदस्य टंक राई लगायतले पार्टी प्रवेश गराएका हुन् । कार्यक्रममा राष्ट्रिय युवा संघ, अनेमसंघ र राष्ट्रिय दलित मुक्ती मोर्चाको वडा कमिटि गठन गरिएको छ । अशोक राई इन्चार्ज र हेमन्त राई अध्यक्ष रहेको ५२ सदस्यीय राष्ट्रिय युवा संघको वडा कमिटि गठन गरिएको छ ।
यस्तै, मञ्जु तामाङको अध्यक्षतामा २७ सदस्यीय अनेमसंघ वडा कमिटि तथा ज्ञानेन्द्र बिकको अध्यक्षतामा १६ सदस्यीय राष्ट्रिय दलित मुक्ती मोर्चा गठन गरिएको नेकपा नगर कमिटिले जनाएको छ ।
कार्यक्रममा नेकपाका आमन्त्रित स्थायी कमिटि सदस्य राई सहित केन्द्रीय सदस्य एबं प्रदेश सांसद रामकुमार राई, नेकपाका प्रदेश कमिटि सदस्य ध्रुब बुढाथोकी, जिल्ला सचिव रामप्रसाद दंगाल जिल्ला कमिटिका कार्यालय सदस्य देबबिक्रम राई, कुमार आचार्य, जलसेर राई, सचिवालय सदस्य बिनोद आचार्य, दिपनारायण रिजाल, बिणादेबी राई लगायतको उपस्थिति रहेको थियो । कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रम वडा कमिटि अध्यक्ष हर्कराज राईको अध्यक्षमा सम्पन्न भएको थियो ।