Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    कोरोनाबाट बच्न बाणिज्य संघको तीन मिनेट अभियान !

    कोरोनाबाट बच्न बाणिज्य संघको तीन मिनेट अभियान !


    • बिहिवार, भाद्र २५ २०७७

    • नेपाल वाइड


    कोरोनाबाट बच्न बाणिज्य संघको तीन मिनेट अभियान !

    दिक्तेलबजारको किरातचोकमा सचेतनामुलक कार्यक्रम गर्दै बाणिज्य संघको टोली

            खोटाङ । कोरोना भाइरस (कोभिड–१९)को महामारी नियन्त्रणका लागि उद्योग बाणिज्य संघ खोटाङले दिक्तेलबजारमा सचेतनामुलक अभियान थालेको छ । दिनानुदिन कोरोना भाइरसको जोखिम बढिरहेकाबेला बाणिज्य संघले बिहिबारदेखि दिक्तेलबजारका घर तथा पशलमा पुगेर सचेतनामुलक कार्यक्रम सुरु गरेको हो ।

            कोरोनाको संक्रमण फैलिन नदिनका लागि प्रत्येक घर तथा पशलमा कम्तीमा ३ मिनेट स्वास्थ्य सुरक्षा सचेतनाका विषयमा जानकारी दिइने उद्योग बाणिज्य संघका अध्यक्ष उपिनकुमार राईले बताए ।

            बाणिज्य संघले कम्तीमा ३ मिनेटभित्र ग्राहकसँग भौतिक दुरी कायम गर्न प्रत्येक पशलको ढोकामा अनिवार्य डोरी टाँग्ने, अनिवार्य मास्क प्रयोग गर्न लगाउने, तोकिएकोभन्दा बढि मूल्यामा मास्क विक्रीवितरण नगर्न आग्रह गरिसक्ने गरी अभियान थालेको हो ।

            यस्तै, होटलमा ‘एक बेञ्च, एक टेवल’मा ग्राहकलाई खाने वस्ने व्यवस्थाका लागि आग्रह गरिएको संघका अध्यक्ष राईले बताए । अभियानकाक्रममा बाणिज्य संघले सामान्य किसिमको मास्कलाई जोडीको १५ रुपैयाँमा बिक्रीका लागि सूचना टाँस गरिरहेको छ । बाणिज्य संघले दिक्तेलबजारका बढि चहलपहल हुने क्षेत्रमा जिवाणुनाशक सोडियम हाईपोक्लोराइड स्प्रे सुरु गरिएको जानकारी दिएको छ ।

     

    सम्बन्धित समाचार