Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    उपत्यकाबाट बाहिरिन स्थानीय तहको सहमति अनिवार्य 

    उपत्यकाबाट बाहिरिन स्थानीय तहको सहमति अनिवार्य 


    • बिहिवार, भाद्र २५ २०७७

    • नेपाल वाइड


    उपत्यकाबाट बाहिरिन स्थानीय तहको सहमति अनिवार्य 

          उपत्यकाबाट बाहिरिन सम्बन्धित स्थानीय तहको सहमति अनिवार्य हुने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले अत्यावश्यक अवस्थामा उपत्यका बाहिर निस्कने सवारीसाधनको पासका लागि गन्तव्य जिल्लाको जिल्ला प्रशासन कार्यालयको अनुमतिपत्र तथा स्थानीय तहको सहमतिको पत्र अनिवार्य चाहिने निर्णय गरेको हो ।

         पासका लागि निवेदन दिँदा नै यी कागजपत्र पेस गर्नुपर्नेछ । दाहसंस्कार, कर्मचारीको सरुवालगायत अत्यावश्यकीय कामका लागि मात्र उपत्यकाबाहिर जान दिइने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ । त्यसका लागि निवेदन दिने व्यक्ति स्वयं आफैँ उपस्थित हुनुपर्नेछ ।

    सम्बन्धित समाचार