Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    कोरोना संक्रमण एक घर, एक परीक्षण गर्न कांग्रेसकाे आग्रह

    कोरोना संक्रमण एक घर, एक परीक्षण गर्न कांग्रेसकाे आग्रह


    • सोमवार, भाद्र २२ २०७७

    • नेपाल वाइड


    कोरोना संक्रमण एक घर, एक परीक्षण गर्न कांग्रेसकाे आग्रह

              नेपाली कांग्रेसले समुदायस्तरमा कोरोना संक्रमण फैलिएको तथ्यगत अनुमान गरिएका क्षेत्रमा एक घर, एक परीक्षण गर्न आग्रह गरेको छ । सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख विश्वप्रकाश शर्माको अध्यक्षतामा बसेको बैठकले तीनै तहको सरकारलाई कोरोना संक्रमण विरुद्ध युद्धस्तरमा कार्य गर्न अपील गर्दै ध्यानाकर्षण गराउने निर्णय गरेको छ । 

             ‘कोभिड प्रतिकुलताका कारण ननकोभिड बिरामी पनि गम्भीर ढंगले प्रताडित भइरहेका छन् । ‘ सूचना, सञ्चार तथा प्रचार विभागका सचिव दिनेश थापा मगरद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘भेन्टिलेटर नपाएर मृत्यु, एकपछी अर्को अस्पताल दौडन बाध्य भएर मृत्यु, संक्रमण आशंकामा उपचार नपाएर मृत्यु जस्ता घटना पटक–पटक हुनु भनेको राज्यको अस्तित्व माथिको गम्भीर प्रश्न हो ।’

            राजधानी लगायत मुलुकको आधा भू–भागमा निषेधाज्ञा र लक डाउनका कारण नागरिक जीवन कष्टकर बन्दै गएको ठहर गर्दै बैठकले नागरिकलाई स्थानीय तह मार्फत व्यवस्थित ढंगले राहत वितरण गर्ने गरी व्यवहारिक राहत प्याकेज अविलम्ब घोषणा गर्न सरकारलाई अपील गरेको छ ।

           बैठकले अदालतको आदेश र श्रमिकको पीडा आत्मसात् गरेर विदेशमा अप्ठ्यारामा परेका नेपालीलाई निःशुल्क उद्वारको प्रक्रिया अघि बढाउन सरकार समक्ष माग गरेको छ ।

    सम्बन्धित समाचार