Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    (केएमसी) मा अब २ हजार ५९९ मै पीसीआर परीक्षण

    (केएमसी) मा अब २ हजार ५९९ मै पीसीआर परीक्षण


    • आइतवार, भाद्र २१ २०७७

    • नेपाल वाइड


    (केएमसी) मा अब २ हजार ५९९ मै पीसीआर परीक्षण

              काठमाडौं मेडिकल कलेज (केएमसी) ले  पीसीआर परीक्षण दुई हजार ५९९ मै गर्ने भएको छ । आइतबार बसेको अस्पताल सञ्‍चालन समितिको बैठकले दुई हजार ५९९ मै कोरोना परीक्षण भदौं २२ गतेबाट गर्ने निर्णय गरेको हो । 

             अस्पतालका अध्यक्ष डा. सुनिल शर्माले संस्थागत रुपमा कोरोना परीक्षण गर्न चाहेमा दुई हजार ४९९ र व्यक्तिगत स्वइच्छा कोरोना परीक्षण गर्न चाहेमा दुई हजार ५९९ मै गरिने जानकारी दिए । उनका अनुसार सामाजिक उत्तरदायित्व अन्तर्गत पीसीआरको परीक्षण शुल्क घटाइएको हो । 

            पछिल्लो समय उपत्यकामा कोरोना संक्रमण बढेको हुँदा धेरै व्यक्तिहरु पीसीआर आफू खुसी गर्न चाहिरहेका छन् । तर, महँगो शुल्क तिर्न समस्या भएकाहरुलाई यसले केही राहत दिने उनी बताउँछन् ।  

            स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको पीसीआर परीक्षण गर्न चार हजार ४०० तोकेको छ । जुन सोही अस्पतालमा प्रयोगशाला भएमा चार हजार रुपैयाँ र अन्य प्रयोगशालामा स्वाब लगेर परीक्षण गर्दा थप चार सय रुपैयाँ  लिन पाउने निर्णय गरेको छ । 

    सम्बन्धित समाचार