Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    पछिल्लो २४ घन्टामा १५ सय ६६ जना कोरोना संक्रमित डिस्चार्ज

    पछिल्लो २४ घन्टामा १५ सय ६६ जना कोरोना संक्रमित डिस्चार्ज


    • शनिवार, भाद्र २० २०७७

    • नेपाल वाइड


    पछिल्लो २४ घन्टामा  १५ सय ६६ जना कोरोना संक्रमित डिस्चार्ज
    फायल तस्बिर

            पछिल्लो २४ घन्टामा देशभरिमा १५ सय ६६ जना कोरोना संक्रमित निकाे भएर डिस्चार्ज भएका छन् । यो अवधिमा १२ हजार चार सय ७३ जनाको नमुना पिसिआर विधिबाट परीक्षण गर्दा एक हजार ४१ जनामा संक्रमण पुष्टि भएको छ ।

           योसमेत देशभर हालसम्म संक्रमित हुनेको संख्या ४५ हजार दुई सय ७७ पुगेको छ । संक्रमणमुक्त हुनेको संख्या २७ हजार एक सय २७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल संक्रमणुक्त हुने दर ६० प्रतिशत पुगेको छ ।

         त्यसैगरी सक्रिय संक्रमितको संख्या अहिले १७ हजार आठ सय ७० छ । संक्रमतिमध्ये २४ जना भेन्टिलेटर र एक सय ६७ जनाको आइसियूमा उपचार भइरहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । 

     

    सम्बन्धित समाचार