Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    जाजरकोटमा प्रकृतिको कुचिकार गिद्धको गणना

    जाजरकोटमा प्रकृतिको कुचिकार गिद्धको गणना


    • शनिवार, भाद्र २० २०७७

    • नेपाल वाइड


    जाजरकोटमा प्रकृतिको कुचिकार  गिद्धको गणना

             प्रकृतिको कुचिकारका रुपमा रहेको गिद्धको गणना गरिएको छ । जाजरकोटको नलगाड नगरपालिका, भेरी नगरपालिका, छेडागाड नगरपालिका र बारेकोट गाउँपालिका र कुशे गाउँपालिकामा एक महिना लगाएर गणना गरिएको पन्छी संरक्षण आजीवन सदस्य गोविन्दबहादुर सिंहले जानकारी दिए ।

              गिद्धका सँगै गुँडको गणनासमेत गरिएको थियो । जिल्लामा विश्वमा दुर्लभ मानिने सुन गिद्ध चार, सेतो गिद्ध छ, हिमाली गिद्ध ७६, हाडफोर गिद्ध आठ र राज गिद्ध दुईवटा फेला परेको छ ।

             यसैगरी सुन गिद्धका एउटा, सेतो गिद्धका तीनवटा, हिमाली गिद्धका ३३ वटा, हाडफोर गिद्धका तीनवटा गुँड भेटिएएको छ भने राज गिद्धको गुँड नभेटिएको सिंहले जानकारी दिए । उनका अनुसार करीब एक महिना लगाएर गणना गरिएको थियो । रासस 

    सम्बन्धित समाचार