Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    धेरै केरा नखानुहाेस हुनसक्छ यी ५ बेफाइदा

    धेरै केरा नखानुहाेस हुनसक्छ यी ५ बेफाइदा


    • शुक्रवार, भाद्र १९ २०७७

    • नेपाल वाइड


    धेरै केरा नखानुहाेस हुनसक्छ यी ५ बेफाइदा

              चर्चित भनाई छ, जुनकुनै चिजमा एउटा न एउटा बेफाइदा हुन्छ । यस्तै केरा पनि एक फल हो जुन स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । तर, केरा धेरै खाँदा यसले शरीरलाई नोक्सान पनि पुर्याउँछ । बच्चाहरुका लागि सबैभन्दा राम्रो डायटको रुपमा केरा सामेल गरिन्छ । हरेक दिन १ वा २ केरा दिन सकिन्छ । यसका साथै, धेरै परिश्रम गर्ने एक व्यक्तिले दिनमा ३ देखि ४ वटा केरा खान सक्छ । तर, आवश्यकताभन्दा बढी केरा खाँदा के के बेफाइदा छन् त ?  

    १. कब्जियत 
    केरा खाँदा पेट राम्रोसँग सफा हुन्छ । तर केरा थोरै मात्रै काँचो भएमा त्यसले कब्जियत  गराउन सक्छ । पखाला लाग्दा चिकित्सकहरुले केरा खाने सल्लाह दिन्छन् । यसको मतलब केराले दिशा साह्रो बनाउने काम गर्छ । त्यसैले काँचो केरा नखाने र पाकेको पनि धेरै मात्रामा खान हुँदैन ।

    २.मोटोपना
    केरामा फाइबरको साथसाथै प्राकृतिक रुपमा चिनिको मात्रा पनि हुन्छ । त्यसैले केरा र दूध खाँदा तौल बढ्छ । त्यसैले अधिक मात्रामा केरा खाएमा यसले शरीरमा अनावश्यक तौल बढाउने काम गर्छ ।

    ३. एसिडिटी 
    खाली पेटमा केरा खाएमा पेटमा दुखाई सुरु हुन्छ । केरामा स्टार्च भन्ने पदार्थ पाइन्छ । जसलाई पचाउँन लामो समय लाग्छ । त्यसैले धेरै केरा खाएमा पेट दुख्ने र केरा राम्रोसँग नपाकेको भएमा बान्ता पनि हुनसक्छ । 

    ४. मधुमेह
    मधुमेह भएका बिरामीहरुले केरा धेरै सेवन गर्नुहुँदैन । प्राकृतिक रुपमा नै चिनिको मात्रा पाइने हुनाले यसले शरीरमा चिनिको मात्रा बढाउँछ र टाउको दुख्ने वा निन्द्रा नलाग्ने समस्या आउन सक्छ । 

    ५.दम
    चिनि र स्टार्चको मात्रा बढी हुने भएकाले केराले दाँतमा दुर्गन्ध पैदा गर्छ । 
    यस्तै, केरामा एमिनो एसिड टाइरोसिन पाइन्छ जुन शरीरभित्र पुगेर टायरामाइनमा परिवर्तन हुन्छ । टायरामाइनले  माइग्रेनलाई बढाउँछ । 
    जो मानिसलाई दमको समस्या छ, ति व्यक्तिहरुले केरा खान हुँदैन । यसले सुन्निने र एलर्जी हुने समस्या पैदा गर्छ । 

    सम्बन्धित समाचार