Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    २६ हजार अस्ट्रेलियाली डलर मूल्य पर्ने झोला जलाइने

    २६ हजार अस्ट्रेलियाली डलर मूल्य पर्ने झोला जलाइने


    • शुक्रवार, भाद्र १९ २०७७

    • नेपाल वाइड


    २६ हजार अस्ट्रेलियाली डलर मूल्य पर्ने झोला जलाइने

           अनुमतिविना एक महिलाले अस्ट्रेलिया आयात गरेको २६,००० अस्ट्रेलियाली डलर मूल्य पर्ने एउटा हातेझोला जलाइने भएको छ । फ्रान्सस्थित सेन्ट लरेन्ट बुटिकबाट ल्याइएको विलासी झोला पर्थबाट अस्ट्रेलियाली सीमासुरक्षा बलका सदस्यले जफत गरेका हुन् ।

           गोहीको छालाबाट निर्मित सामानहरू अस्ट्रेलियामा आयात गर्न पाइने भए पनि पसलेहरूले ७० अस्ट्रेलियाली डलर तिरी अनुमति लिनुपर्ने हुन्छ । अस्ट्रेलियाका वातावरणमन्त्रीले आयात गर्न प्रक्रिया पुर्‍याउनुपर्ने कुराका लागि पछिल्लो घटना एउटा "महँगो जनाउघण्टी" भएको प्रतिक्रिया दिएका छन् ।

           ती महिलाले २६,३१३ हजार अस्ट्रेलियाली डलर घाटा बेहोर्नुपर्ने भएपछि अस्ट्रेलियाको कृषि, जल तथा वातावरण मन्त्रालयले थप कदम नचाल्ने निर्णय गरेको छ । अस्ट्रेलियामा वन्यजन्तुसँग सम्बन्धित व्यापारमा संलग्न भएको पाइएमा अधिकतम १० वर्ष जेल सजाय भोग्नुपर्ने र २,२२,००० अस्ट्रेलियाली डलर जरिबाना तिर्नुपर्ने व्यवस्था छ ।

          गोहीका छालाबाट निर्मित सामानलाई अस्ट्रेलियाले अनुमति दिए पनि सङ्कटापन्न प्रजातिहरूको अन्तर्राष्ट्रिय व्यापारसम्बन्धी साईटिस सन्धिअन्तर्गत कडा नियमन गरिन्छ । वातावरणमन्त्री सुसान लीले भनिन्, "सङ्कटापन्न प्रजातिहरूलाई दीर्घकालसम्म बचाउन जीवजन्य उत्पादनको व्यापारमा प्रतिबन्ध लगाउन महत्त्वपूर्ण भएकोले हामीले अनलाइनमार्फत् के खरिद गरिरहेका छौँ भन्नेबारे सचेत हुनुपर्छ ।" "अस्ट्रेलियामा कस्ता उत्पादन आउँछन् तथा यहाँबाट कस्ता जान्छन् र वन्यजन्तुको गैरकानुनी व्यापारलाई रोक्ने सूक्ष्म ढङ्गले सरकारले निगरानी गर्ने गरेको" पनि उनले बताइन् ।

          त्यो हातेझोला आयात गरेकी पसलेले फ्रान्समा साईटिस सम्बन्धी निर्यात अनुमति लिए पनि आयातका लागि अस्ट्रेलियामा अनुमति लिएकी थिइनन् । विश्वभरिका सरकारहरूले मानवीय दोहनका सिकार भएका गोहीजस्ता प्रजातिबाट बन्ने उत्पादनमा कडाइ गर्दै आएकाे वीवीसीले उल्लेख गरेको छ ।

    सम्बन्धित समाचार