Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    कोरोना संक्रमणका कारण २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा बढी १४ को मृत्यु

    कोरोना संक्रमणका कारण २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा बढी १४ को मृत्यु


    • शुक्रवार, भाद्र १९ २०७७

    • नेपाल वाइड


    कोरोना संक्रमणका कारण २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा बढी १४ को मृत्यु
    सांकेतिक तस्बिर

             नोभेल कोरोना भाइरसको संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोरोना संक्रमणबाट मृत्यु हुनेमा ४ महिला र १० पुरुष रहेका छन् ।

          डा. गौतमका अनुसार मृत्यु हुनेमा काठमाडौंका ८२, ६७ र २२ वर्षीया महिला र चितवनका ३५ वर्षीया एक महिला रहेका छन् । त्यसैगरी सप्तरीका ५५-५५ वर्षीय दुई पुरुष, धनुषाका ६५ वर्षीय, कास्कीका ३१ वर्षीय, नवलपरासीका ३७ वर्षीय, प्युठानका ५८ वर्षीय, रुपन्देहीका ७८ वर्षीय, पाल्पाका ६३ वर्षीय र सुर्खेतका ४२ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । 

    हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २७१ पुगेको छ ।

    सम्बन्धित समाचार