बिहिवार, भाद्र १८ २०७७
नेपाल वाइड
भोजपुर नगरपालिका–२ हेलौछाका बिरबहादुर तामाङले ९४ वर्षको उमेरमा नागरिकता पाएका छन् । नागरिकता नहुँदा राज्यबाट पाउने सेवा सुविधाबाट बञ्चित हुनु भएका तामाङलाई बुधबार प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरीले नागरिकता हस्तान्तरण गरेका हुन् ।
तामाङलाई वडा कार्यालयको सिफरिस तथा स्थानीय अधिकारकर्मीको पहलमा नागरिकता वितरण गरिएको हो । परिवार अन्य सदस्य कोही नभएका तामाङ उमेर हुँदा सम्म दैनिक ज्यालादारीमा काम गर्दै आएको तर अशक्त भएपछि घरमै थलिएर बस्दै आएको स्थानीयले बताएका छन् ।
बृद्ध अवस्था भएपनि नागरिकतामा पाएको भन्दै बृद्ध तामाङले खुसी व्यक्त गरे ।