Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    उपत्यकामा निषेधाज्ञाकै बीच रातो मच्छिन्द्रनाथको रथ तान्‍न सुरु

    उपत्यकामा निषेधाज्ञाकै बीच रातो मच्छिन्द्रनाथको रथ तान्‍न सुरु


    • बिहिवार, भाद्र १८ २०७७

    • नेपाल वाइड


    उपत्यकामा निषेधाज्ञाकै बीच रातो मच्छिन्द्रनाथको रथ तान्‍न सुरु

              उपत्यकामा निषेधाज्ञाकै बीच रातो मच्छिन्द्रनाथको रथ तान्‍न सुरु गरिएको छ । कोरोना संक्रमणका कारण विभिन्‍न चाडबाड रोकिए पनि सर्वसाधारणले आज रातो मच्छिन्द्रनाथको रथ तान्‍न सुरु गरेका हुन् । 

             ललितपुरको पुल्चोकमा रथ तान्‍नका लागि सर्वसाधारणहरुको पनि उल्लेख्य सहभागिता छ ।  कोरोना संक्रमण नफैलियोस् भनेर भदौ २४ गतेसम्मका लागि उपत्यका (काठमाडौं, भक्तपुर र ललितपुर) मा निषेधाज्ञा जारी गरिएको छ ।

             सर्वसाधारणको भिड नहोस् र संक्रमण नफेलियोस् भनेर तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको छलफलले हिजो (बुधबार) मात्रै भदौ २४ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो । 

              उपत्यकामा कोरोना संक्रमण बढिरहेको भन्दै तेस्रोपटक निषेधाज्ञा थप गरिएको हो । यसअघि  भदौ १७ गतेसम्म निषेधाज्ञा जारी राख्‍ने निर्णयको समय हिजो मध्यराति सकिएको हो ।

    यसअघि पहिलोपटक ३ गते र दोस्रोपटक १० गते उपत्यकामा निषेधाज्ञा थपिएको थियो ।

    सम्बन्धित समाचार