Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    भारतीय पूर्वराष्ट्रपति मुखर्जीको आज दिउँसो अन्तिम संस्कार गरिने

    भारतीय पूर्वराष्ट्रपति मुखर्जीको आज दिउँसो अन्तिम संस्कार गरिने


    • मंगलवार, भाद्र १६ २०७७

    • नेपाल वाइड


    भारतीय पूर्वराष्ट्रपति मुखर्जीको आज दिउँसो अन्तिम संस्कार गरिने

             भारतीय पूर्वराष्ट्रपति प्रणव मुखर्जीको आज दिउँसो अन्तिम संस्कार गरिने भएको छ । मुखर्जीको अन्तिम संस्कार दिल्लीस्थित लोदी श्मशान घाटमा दिउँसो साढे २ बजे गरिने भएको छ ।

           उनको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलिका लागि बिहान सवा ९ बजेदेखि दिल्लीस्थित दश राजाजी मार्गमा राखिएकाे भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

             मुखर्जीको निधनमा भारत सरकारले सात दिनको राष्ट्रिय शोक घोषणा गरेको छ । मष्तिस्कमा जमेको रगत निकाल्ने क्रममा मुखर्जीलाई गत अगष्ट १० मा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

    त्यसयता दिल्लीको आर्मी रिसर्च एण्ड रिफरल अस्पतालमा भर्ना भएका मुखर्जीको सोमबार साँझ ८४ वर्षको उमेरमा निधन भएको थियो ।

    सम्बन्धित समाचार