Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    मिर्चैयाका ५५ वर्षीय पुरुषको कोेरोनाका कारण धरानमा मृत्यु

    मिर्चैयाका ५५ वर्षीय पुरुषको कोेरोनाका कारण धरानमा मृत्यु


    • मंगलवार, भाद्र १६ २०७७

    • नेपाल वाइड


    मिर्चैयाका ५५ वर्षीय पुरुषको कोेरोनाका कारण धरानमा मृत्यु
    सांकेतिक तस्बिर

             सिरहाको मिर्चैया नगरपालिका ६ का ५५ वर्षीय पुरुषको कोेरोनाका कारण धरानमा मृत्यु भएको छ । मधुमेह तथा उच्च रक्तचापका बिरामी समेत रहेका उनको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा सोमबार राति मृत्यु भएको हाे  । 

            स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवका अनुसार उनलाई उपचारका लागि १० भदौमा विराटनगरबाट रेफर गरी प्रतिष्ठान अन्तर्गत कोभिड अस्पतालमा भर्ना गरिएको थियो । 

           पछिल्लो केही वर्षदेखि मधुमेह, उच्च रक्तचापको औषधि सेवन गरिरहेका उनलाई स्वास्थ्य समस्या भएपछि ८ भदौमा विराटनगरस्थित विराट नर्सिङ होममा भर्ना गरी पिसिआर जाँच गर्दा कोरोना पुष्टि भएपछि १० भदौमा धरान रेफर गरिएको प्रमुख यादवले जानकारी दिए । स्वास्थ्य प्रमुख यादवले बाहनको व्यवस्था गरी शव ल्याउने तयारी भइरहेको र शव मिर्चैया ल्याएपछि नेपाली सेनाको टोलीले व्यवस्थापन गर्ने बताए । 

           मिर्चैयाका पुरुषको मृत्युसँगै सिरहामा कोरोनाको कारण मृत्यु हुनेको संख्या आठ पुगेको छ । उच्च रक्तचाप र क्षयरोग भएर १८ महिना औषधी सेवन गर्दै आएका कोरोना संक्रमित सुखीपुर ४ घर भई सुखीपुर ८ मा बस्दै आएका ६५ वर्षीय वृद्धको ११ भदौमा धरान र लहान नगरपालिका ९ की ६५ वर्षीया वृद्धाको १२ भदौमा उपचारको क्रममा विराटनगरमा मृत्यु भएको थियो । 

            त्यसअघि ८ भदौमा लहान नगरपालिका २४ गोविन्दपुर मलहन्मा गाउँका २२ वर्षीय पुरुष, मिर्चैया नगरपालिका ४ का ६० वर्षीय पुरुषको ३ भदौ, गत २९ साउनको विष्णुपुर गाउँपालिका  १ का ४० वर्षीय पुरुष र २२ साउनको राती गोलबजार नगरपालिका १२ बेतौनाका करिब २३ वर्षीय युवकको कोरोना संक्रमणले मृत्यु भएको थियो ।

    सम्बन्धित समाचार