Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    मृतकको संख्या २२१ पुग्यो

    कोरोनाका कारण एकैदिनमा थप १४ जनाको मृत्यु

    कोरोनाका कारण एकैदिनमा थप १४ जनाको मृत्यु


    • आइतवार, भाद्र १४ २०७७

    • नेपाल वाइड


    कोरोनाका कारण एकैदिनमा थप १४ जनाको मृत्यु
    सांकेतिक तस्बिर

           नोभेल कोरोना भाइरसको संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेका चार महिला र १० पुरुष गरी १४ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । 

          उनका अनुसार सुनसरीका ७४ वर्षीया, बाराका ४७ वर्षीया, महोत्तरीका ६२ र काठमाडौंका ७२ वर्षीया महिला रहेका छन् । त्यसैगरी सुनसरीका ६० वर्षीय, मोरङका ६२ वर्षीय, महोत्तरीका ७० र ३५ वर्षीय , रौतहटका ३० वर्षीय, ललितपुरका २९ वर्षीय, भक्तपुरका ६५ वर्षीय, नवलपरासीका ६५ वर्षीय र रुपन्देहीका ५७ र ६७ वर्षीय पुरुषको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।

    डा. गौतमका अनुसार हालसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २२१ पुगेको छ । 

    सम्बन्धित समाचार